Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सिन्धुपाल्चोकका चार स्थानीय तहमा नीति तथा कार्यक्रम सार्वजनिक

    सिन्धुपाल्चोकका चार स्थानीय तहमा नीति तथा कार्यक्रम सार्वजनिक

    By सूचनापाना१० असार २०८२, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सिन्धुपाल्चोक जिल्लाका चार स्थानीय तहले नीति तथा कार्यक्रम पारित गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका, भोटेकोशी गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र बाह्रबिसे नगरपालिकाले आ–आफ्ना गाउँ/नगरसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । चारवटै स्थानीय तहले आ–आफ्ना क्षेत्रीय विशेषताअनुसार प्राथमिकता तोकेका छन् ।

    SuchanaPana.com

    चौतारा साँगाचोकगढी नगरपालिकाले १ अर्ब १६ करोड २८ लाखको बजेट प्रस्ताव गर्दै नगर प्रहरी भर्नादेखि सुख्खा प्रभावित क्षेत्रका लागि विशेष योजना र सुकुटे पर्यटन पूर्वाधार विकास कार्यक्रम घोषणा गरेको छ ।
    हरेक वडाका लागि ८५ लाखको दरले बजेट विनियोजन गरिने जनाइएको छ । नगर उपप्रमुख सीता थापाका अनुसार, विस्तृत ब्रेकडाउनसहितको बजेट केही दिनमा पारित गरिनेछ ।

    नगर प्रमुख कृष्णप्रसाद सापकोटाले संघ–प्रदेशबाट प्राप्त अनुदान घटेका कारण बजेट सीमाभित्रै सिमित राख्नुपरेको बताएका छन्। शिक्षा, युवा र खेलकुदलाई पहिलो प्राथमिकता दिँदै ६ करोड छुट्याइएको छ भने स्वास्थ्य र कृषि सेवामा २/२ करोड र पशुसेवामा १ करोड विनियोजन गरिएको छ ।

    नगर प्रमुख कृष्णप्रसाद सापकोटाले संघ र प्रदेशबाट प्राप्त हुने अनुदान घटेकाले सीमाभित्र रहेर बजेट विनियोजन गर्नुपर्ने बाध्यता सुनाए । नगर सभामा मन्तब्य राख्दै वडा नं। ५ का वडा अध्यक्ष शिव श्रेष्ठले प्रस्तुत बजेटले नगरवासीको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस्तै वडा नं। ८ का वडाध्यक्ष अमृत दंगालले विगतका कार्यक्रमहरूसँग केही दोहोरिएको भएपनि नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले लैजानु पर्ने बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाले नगरसभा संविधानले तोकेको सीमाभित्र रहेर सञ्चालन गर्नुपर्ने बताए ।

    पाँचपोखरी थाङपालः संघ–प्रदेशबाट ‘बत्तीमुनिको अँध्यारो’, चेकपोइन्ट निर्माण, पर्यटन र कृषिमा जोड
    १७ औँ गाउँसभा सम्पन्न गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पर्यटन प्रर्वद्धन, आफ्नै गाउँमा रोजगारी’ नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अध्यक्ष टासी लामाले भोताङकोड डुप्खाङमा पर्यटक चेकपोइन्ट निर्माण गरिने जानकारी दिए । तर, संघ र प्रदेश सरकारको भूमिका प्रती जनप्रतिनिधिहरू असन्तुष्ट देखिए। वडा ४ का अध्यक्ष कुलबहादुर बस्नेतले “नेताहरूले बोलेका कुरा पूरा नभएको” भन्दै आपत्ति जनाए ।

    यस्तै, विद्यालय सिकाइ उपलब्धिमा आधारित पुरस्कार कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च वृद्धि (अब १ हजार), तथा कृषि उत्पादन–बजार व्यवस्थापनमा ध्यान दिइएको छ ।

    भोटेकोशीः भैरवकुण्ड भिलेज निर्माणमा ४ करोड, खानेपानी, विपद् व्यवस्थापन प्राथमिकतामा
    १६औँ गाउँसभा सम्पन्न गर्दै भोटेकोशी गाउँपालिकाले पर्यटन, पूर्वाधार, विपद् व्यवस्थापन, र फोहोरमैला व्यवस्थापनजस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पारित गरेको हो । उपाध्यक्ष दिछेन शेर्पाले भैरवकुण्ड भिलेज निर्माणका लागि ४ करोड विनियोजन गरिएको जानकारी दिइन् ।

    बाह्रबिसेः स्वरोजगार र कृषि आधुनिकीकरणमा फोकस, ६० करोड ३३ लाखको बजेट
    आईतबार ६० करोड ३३ लाख रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको बाह्रबिसे नगरपालिकाले दिगो विकास र स्वरोजगार केन्द्रित योजना अघि सारेको छ। बाँझो जमिनमा एकीकृत खेती, दलित समुदायको सीप आधुनिकीकरण, तथा पर्यटकिय प्रवर्धनलाई प्राथमिकता दिइएको छ ।

    स्थानीय तहमा हरेक आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षको असार १० गतेभित्र बजेट सभामा पेस गरिसक्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ । असार १० गतेभित्र पेश भएको बजेट कार्यक्रमउपर पर्याप्त छलफल तथा आवश्यकतानुसार परिमार्जन गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने हुन्छ । गाउँ÷नगर सभा स्थानीय तहको व्यवस्थापिका हो । नीति, कानुन र बजेट तथा कार्यक्रम पारित गर्ने व्यवस्थापिकाको मुख्य काम हो । नेपालको संविधानको धारा २२७ ले गाउँ÷नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन आदि विषयमा प्रदेश कानुनले तोकिदिनुपर्ने व्यवस्था गरेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.