Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू

    रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू

    By सूचनापाना१३ असार २०८२, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए ।शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी संख्या निरन्तर घट्दो छ । कक्षा १२ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ रत्नेचौरको भानु माविमा कक्षा ११ र बालकक्षासहित शैक्षिकसत्र २०८२ को विद्यार्थी सङ्ख्या ४८ जना छ । प्रधानाध्यापक दिनेश बोगटीका अनुसार कक्षा १ र ३ मा विद्यार्थी संख्या शून्य छ ।

    SuchanaPana.com

    कक्षा ४ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ लामगरामा रहेको युुवावर्ष आधारभूत विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिकसत्र २०८२ मा भर्ना हुुन आउने विद्यार्थीको संख्या शूून्य छ । चार शिक्षक र कर्मचारी भएको उक्त विद्यालयको बालकक्षामा चार र कक्षा १ मा तीन जना विद्यार्थी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाका अनुसार २०४१ सालमा स्थापना भएको युवावर्ष आधारभूतमा दशकअघिसम्म एक सय जनासम्म विद्यार्थी हुन्थे ।

    बेनी नगरपालिका–२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको संख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक–एक जना बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी संख्या चार छ । कक्षा ३ सम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।

    बालकक्षामा दुई, कक्षा १ र ३ मा एक–एक जना विद्यार्थी छन् । प्रअ सरस्वती नेपालीका अनुसार २०८० सालसम्म ७ कक्षासम्मको पठनपाठन भएको विद्यालयमा विद्यार्थी संख्या ५१ जना थियो । गत शैक्षिकसत्र २०८१ को सुरुमा २२ विद्यार्थी भएको विद्यालयमा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरे ।

    भानु मावि, युवावर्ष, हंशबाहिनी, जगन्नाथ र ओखले आधारभूत विद्यार्थी अभावको समस्या झेलिरहेका बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका विद्यालयका उदाहरण हुन् । सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनीबजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बर्सेनि घट्दो छ ।

    जन्मदर घट्नु, बसाइँसराइ बढ्नु, सडक यातायातको सुविधासँगै निजी विद्यालयले गाउँगाउँमा गाडी पठाएर विद्यार्थी ओसार्नु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु, निजी विद्यालय र अङ्ग्रेजी माध्यमप्रतिको मोह, सामुदायिक विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, शिक्षक जिम्मेवार नबन्नु र अगुवा तथा समाजको बेवास्ताका कारण सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताए।

    बेनी नगरपालिकामा ११ वटा संस्थागत र ५३ वटा सामुदायिक विद्यालय छन् । शैक्षिक अभिलेख प्रणालीको तथ्यांकानुसार बेनीका विद्यालयमा पछिल्लो तीन वर्षयता भर्ना हुने विद्यार्थीको सङ्ख्या घट्दो छ । शैक्षिकसत्र २०८० मा १० हजार ८२५ विद्यार्थी रहेकामा शैक्षिकसत्र २०८१ मा यो सङ्ख्या घटेर १० हजार ५५० मा झ¥यो । शैक्षिकसत्र सुरू भएको करिब तीन महिनामा बेनीका विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या सात हजार ८२८ रहेको बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकालले बताए । बालकक्षामा स–साना उमेरका बालबालिकालाई अक्षर चिनाउन र बानी पार्न ल्याउने अभिभावकले अक्षर चिन्न थालेपछि निजी विद्यालय र अन्यत्र लैजाने गरेको गुनासो शिक्षकहरूले गरेका छन् ।

    ‘दुःख गरेर अक्षर चिन्ने बनाएपछि अभिभावकले निजी विद्यालय र अन्यत्र बच्चा लगिदिँदा मन खिन्न हुन्छ’, भानु माविका प्रअ दिनेश बोगटीले भने, ‘सामुदायिक विद्यालय पढ्ने अधिकांश विपन्न र दलित समुदायका छन् ।’ उक्त विद्यालय बेनी नगरपालिकाको सबैभन्दा थोरै विद्यार्थी भएको मावि हो । जहाँ हाल दलित समुदायका १९, ब्रह्माण क्षेत्रीका आठ र जनजातिका ११ विद्यार्थी छन् । बेनी नगरपालिकामा रहेका अन्य सामुदायिक विद्यालयको जातिगत विद्यार्थी संख्या भानु माविको जस्तै छ ।

    सदरमुकाम बेनीबजारमा रहेको प्रकाश माविमा सबैभन्दा बढी सात सय ३२ जना विद्यार्थी छन् । त्यसपछिको बढी विद्यार्थी बेनी सामुदायिकमा छ सय ३७ जना छन् । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत संस्कृत मावि र वडा नं ५ भिरमुनिको पौलत्स्य मावि पनि एक सय जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका माध्यमिक विद्यालय हुन् ।

    जिल्लाभरका विद्यार्थीले पढ्ने प्रकाश र बेनी सामुदायिक माविको मावि तहको तुलनामा आधारभूत १–५ तहमा विद्यार्थी संख्या कम छ । कक्षा ७–८ सम्म निजी विद्यालय पढाउने र ९–१० पढाउन सामुदायिकमा ल्याउने चलन रहेको प्रकाश माविका प्रअ लेखबहादुर हमालको भनाइ छ ।

    अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, विद्यार्थीमैत्री शिक्षण विधि अपनाउने, अभिभावकसँग निरन्तर अन्तक्र्रिया गर्ने, पोशाक, सरकारले दिनेबाहेक पनि विभिन्न विधामा छात्रवृत्ति, पोशाक उपलब्ध गराएर आकर्षित गर्ने प्रयास गरेका सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

    सामुदायिक विद्यालयका सुविधायुक्त कक्षाकोठा खाली छन् । खेलमैदान सुनसान छन् । शिक्षकहरूले रित्ता कक्षाकोठा रुँगेर बसेका छन् । बेनी नगर कार्यपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नं ९ का अध्यक्ष चक्र केसीले समुदाय, अभिभावक र विद्यालयबीचको बढ्दो दूरी नै सामुदायिक विद्यालयको शैक्षिक सुधारको चुनौती बनेको बताए ।

    ‘शिक्षकहरूलाई जिम्मेवार बनाउन यस वर्षदेखि १६ वटै माविमा विद्युतीय हाजिरी सुरू गरेका छौँ’, उनले भने, ‘जनप्रतिनिधि, सरकारी सुविधा लिने कर्मचारी र शिक्षकहरूका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने गत वर्ष कार्यपालिकाले गरेको निर्णय आंशिकमात्र कार्यान्वयन भएको छ ।’ उक्त निर्णयपछि बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले न्यूवेष्ट प्वाइन्ट आवासीय माविमा पढ्दै आएकी छोरी प्रशन्ना पौडेललाई बेनी सामुदायिकमा भर्ना गरेका थिए ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसी घट्दो जनसङ्ख्या वृद्धिदर र बढ्दो बसाइँसराइको दरसँगै सामुदायिक विद्यालयको तह समायोजन, शिक्षक व्यवस्थापनको काम थालिएको बताए । ‘स्तरीय यातायातको सुविधासँगै कक्षा ११, १२ पढ्नका लागि गाउँबाट सदरमुकाम बेनीका विद्यालयमा आउने विद्यार्थी पोखरा–काठमाडौं जान थालेका छन्’,उनले भने, ‘शैक्षिकसत्रको सुरुमा भएको शिक्षक आन्दोलनका कारण कतिपय अभिभावकले बेनी बाहिर आफ्ना बालबालिका लैजाँदा विद्यार्थी संख्या घटेको हो ।’

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाएर विद्यार्थीलाई आकर्षित गर्नु र समाज तथा अभिभावकको विश्वास जित्नुको विकल्प नरहेको नगरप्रमुख केसीले बताए । हुनसक्ने सरोकारवाला बताउँछन् । रासस

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.