Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » युद्धमा मारिएका ६० उच्च इरानी अधिकारीको सामुहिक अन्त्येष्टि

    युद्धमा मारिएका ६० उच्च इरानी अधिकारीको सामुहिक अन्त्येष्टि

    By सूचनापाना१५ असार २०८२, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    तेहरान । इरानले शनिबार इजरायलसँगको युद्धमा मारिएका करिब ६० वैज्ञानिक र कमान्डरको राजकीय सम्मानका साथ सामुहिक अन्त्येष्टि गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उच्च कूटनीतिज्ञहरूले इरानविरूद्ध इजरायल र अमेरिकाले गरेको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै एक स्वतन्त्र राष्ट्रका रूपमा इरानले अन्तराष्ट्रिय कानुनको परिधिमा रहेर गर्ने विकासका गतिविधि नितान्त आफ्नो हित र सुरक्षामा भएको बताएका छन् ।

    SuchanaPana.com

    अन्त्येष्टि समारोहमा ‘अमेरिका मुर्दावाद’ र ‘इजरायल मुर्दावाद’ भन्ने नारा लगाउँदै हजारौं नागरिकले अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका मृतकको फोटो भएका व्यानर, प्लाकार्ड खिचेको फुटेज प्रसारण गरेको थियो । इरानले १२ दिनको युद्धको क्रममा इजरायलविरुद्ध गरेको प्रतिशोधात्मक क्षेप्यास्त्र आक्रमणलाई संकेत गर्दै लेखिएको ‘बुम, बुम, तेल अभिभ,’ उल्लेख गरिएको ब्यानर लिएर हजारौँ इरानीले मृतकप्रति सम्मानका लागि अन्त्येष्टि समारोहमा सहभागी भएका थिए ।

    इरानीे सरकारी टेलिभिजनले इरानले इजरायलमाथि प्रहार गरेको क्षेप्यास्त्रजस्तै ब्यालेस्टिक क्षेप्यास्त्रको नक्कल र इरानी झन्डामा ओछ्याइएको कफिनलाई प्रत्यक्ष प्रशारणमार्फत् देखाएको थियो । राष्ट्रपति मसूद पेजेस्कियान र खामेनीका वरिष्ठ सल्लाहकार रियर एडमिरल अली शमखानी पनि उक्त समारोहमा उपस्थित भएका थिए । उनले युद्धमा इजरायली आक्रमणमा घाइते भएपछि बेतको लोरोको सहायतामा अन्त्येष्टि समारोहमा हिँडिरहेको देख्न सकिन्थ्यो । यसले सहभागीहरूबीच उत्तेजना र आक्रोश छाएको देख्न सकिन्थ्यो । अन्त्येष्टि समारोहमा सर्वोच्च नेता स्वयं भने सहभागी भएनन् । उनले बिहीबार भिडियो सम्बोधन गर्दै यसै साताको सुरुमा युद्धविरामसहित समाप्त भएको द्वन्द्वमा ‘विजय’ भएको घोषणा गरेका थिए ।

    आत्मसमर्पण भएन

    अन्तिम संस्कारको शबयात्रा महानगरका विभिन्न भागमा पुग्दा विदेशमन्त्री अब्बास अराघचीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गर्दै युद्धमा ‘इरानी जनताले दिएको साथ र समर्थनका लागि’ नागरिक, सुरक्षाकर्मी लगायतका सम्पूर्ण देशबासीलाई धन्यवाद दिँदै अमेरिका र इजरायलको आक्रमणमा ज्यान गुमाएका ‘शहीद’ प्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

    उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘इरानीहरूले रगत दिए, जमिन दिएनन्; आफ्ना प्रियजनहरूलाई दिए, आत्मसम्मान गुमाएनन्; उनीहरूले एक हजार टनको बम वर्षाको सामना गरे, तर आत्मसमर्पण गरेनन् ।’ उनले अघि भने, ‘इरानले ‘आत्मसमर्पण’ शब्दलाई मान्यता दिँदैन ।’

    शनिबार अन्त्येष्टि गरिएका मृतक हरूमध्ये सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बागेरी पनि रहेका थिए । उनको अन्त्येष्टि उनकै श्रीमती र पत्रकार एक छोरीसँगै गर्ने कार्यक्रम रहेको छ । आक्रमणमा मारिएका आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरान्चीलाई पनि उनकी श्रीमतीसँगै अन्त्येष्टि गरिनेछ । युद्धको पहिलो दिन मारिएका रिभोल्युसनरी गार्डका कमाण्डर होसेन सलामीलाई आइतबार अन्त्येष्टि गरिन बताइएको छ । आक्रमणमा मारिएका अन्त्येष्टि गरिने ६० जनामध्ये चार जना बालबालिका र चार महिला रहेका छन् । रासस / एएफपी

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.