Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » खेती गर्ने समय पनि परिवर्तन हुँदै

    खेती गर्ने समय पनि परिवर्तन हुँदै

    By सूचनापाना१५ असार २०८२, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    मनाङ । फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ । यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ । जिल्ला ती खाद्यन्नमा आत्मनिर्भर बनेको छ ।

    SuchanaPana.com

    किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन् । कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा खेती लगाउने समय भएको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले परम्परागत बाली हराउन थाले पनि यतिबेला कहीँ खेती भित्र्याउने त कहीँ लगाउने समय भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए । यसलाई सुहाउँदो वातावरणको अभावले पनि खेतीबाली फेरिन थालेका उनको भनाइ छ ।

    करु, गहुँ, आलुलगायत खेती भित्र्याउन किसान व्यस्त छन् । यहाँ जलवायुको प्रत्यक्ष प्रभाव देखिँदै गएकाले खेती गर्ने समय पनि परिवर्तन हुँदै गएको छ । यसका साथै परम्परागत बालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीतर्फ किसान आकिर्षत हुन थालेको पाइन्छ । तर, परम्परागत बालीको उत्पादकत्वका आधारमा किसान सचेत हुँदै कृषिमा आकर्षित भएका पाइन्छ । विगत चार वर्षको तथ्याङ्क हेर्ने होभने अन्य परम्परागत बालीको तुलनामा स्थानीय प्रजातिको आलुखेतीमा वृद्धि भएको पाइन्छ । कोभिड तथा बाढीपहिराको विपद्को वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    मनाङको तल्लो भेगमा अन्य बाली जस्तै मकै, आलु, करु, गहुँ, जौँ, फापर, कोलु बोडीलगायतको खेती गरिन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मुला, गाँजरलगायत तरकारी यहीँ उत्पादन हुन्छ । प्रमुख रेग्मीले भने, “यहाँ उत्पादित खाद्यवस्तु जिल्लामा नै खपत हुन्छ, यहाँ चामल, कोदोबाहेकका अन्य खेती गरिन्छ र खपत पनि यहीँ हुन्छ ।”

    यहाँ उत्पादित वस्तुले बजार नपाउला भन्ने समस्या नरहेको उहाँको भनाइ छ । हिमाली जिल्ला भएकाले यहाँ जलवायु परिवर्तनको असर यहाँका स्थानीयले भोगिरहेको उनले बताए । “हिउँको भरमा सिँचाइ हुने यस क्षेत्रमा हिउँ पर्न छाडेको छ, कहिलेकहीँ बेसिजनमा हिउँ पर्छ”, उनले भने, “यसको असर प्रत्यक्ष खेतीपातीमा पर्न गएको छ । सिँचाइको अभावले खेती परिवर्तन हुने अवस्था सृजना हुने त्रास छ ।”

    जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ । विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ । परम्परागत बालीका खाद्यान्नको माग बढ्दो भए पनि किसान भने विकासे खेती लगाउने गरेको पाइन्छ । उत्पादन कम भएपछि किसान खेती फेर्नतर्फ लागेको पाइएको छ ।

    कार्यालयको तथ्याङ्कका आधारमा उत्पादन कम हुने हुँदा परम्परागत बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताए । उनका अनुसार परम्परागत खेतीतर्फ किसान आकर्षित छन् । उत्पादन यहीँ खपत हुन्छ । तर, व्यवसाय परिवर्तनले प्रभाव पारेको छ । विगतमा हुने गरेका खेतीलाई उत्पादन वृद्धि गरी बजारीकरण अन्तरराष्ट्रियस्तरसम्म पुर्याउने गरी तीनै तहको ध्यानाकर्षण हुन आवश्यक छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.