Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » वीरगञ्ज नाकाबाट चार खर्ब ३४ अर्बको आयात, निर्यात ८७ अर्ब

    वीरगञ्ज नाकाबाट चार खर्ब ३४ अर्बको आयात, निर्यात ८७ अर्ब

    By सूचनापाना१७ असार २०८२, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु ४ खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै भएको कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ।

    SuchanaPana.com

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, यो नाका हुँदै आयात-निर्यातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ। यसले वीरगञ्ज नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको देखाउँछ।

    भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ। चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्, जसको हिस्सा ८.२७ प्रतिशत छ। त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान भित्रिएका छन्, जसको हिस्सा १.२२ प्रतिशत छ।

    चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा रु ५ खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन्।

    वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। यसमध्ये रु ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ, जसको हिस्सा ९५.०५ प्रतिशत छ।

    यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ, जहाँ कुल निर्यातको २.३८ प्रतिशत अर्थात् रु २ अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ। त्यस्तै, अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा रु ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका

    २१ जेष्ठ २०८०, आईतवार

    सरकारले भोलि बञ्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने

    २६ जेष्ठ २०७९, बिहीबार

    सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्री कक्षमै हातपात

    २६ जेष्ठ २०७९, बिहीबार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.