काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय निजामती विधेयकमा भएको ‘छेडखानी’ लाई संसदमाथिको गम्भीर अपराध भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।
सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले विधेयकमा किर्ते जालसाजी भएको र यसमा सभापति खतिवडाको संलग्नता हुन सक्ने आशंका व्यक्त गरे। उनले भने, “यदि सभापतिको संलग्नता छ भने यो कानुनी रूपमा गम्भीर अपराध हो। संलग्नता नभए पनि नैतिक जिम्मेवारी लिँदै उनले हस्ताक्षर गरेको दस्तावेजबाहेक अन्य कुरा कसरी थपियोरु त्यसैले सभापति र समितिका सचिवले राजीनामा दिनुपर्छ।”
सापकोटाले सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे।
