काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि नेपाल प्रहरीका नायब निरीक्षक (सइ)माथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ।
ट्राफिक कार्यालय, नेपालगन्जमा कार्यरत सइ कमल खड्कालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको हो।
रास्वपाले लामिछानेमाथि प्रतिशोध भएको भन्दै देशैभरि हाल हस्ताक्षर अभियान चलाएको छ। सइ खड्काले पनि केही दिनअघि नेपालगन्जमा हस्ताक्षर गरेका थिए। युनिफर्ममै उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको हो।
प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले उनीमाथि छानबिन थालिएको बताए ।
