Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जिल्लाकै नमुना स्वास्थ्य संस्था बन्यो महेन्द्रझ्याडी स्वास्थ्य चौकी

    जिल्लाकै नमुना स्वास्थ्य संस्था बन्यो महेन्द्रझ्याडी स्वास्थ्य चौकी

    By सूचनापाना२२ असार २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीले शनिबार एक कार्यक्रम आयोजना गरी उक्त संस्थालाई जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषणा गरेको हो।

    SuchanaPana.com

    न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा महेन्द्रझ्याडी सिन्धुली जिल्लाकै नमूना स्वास्थ्य संस्थामा छनोट भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जानकारी दिए। एमएसएस मूल्यांकनमा महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाकै स्वास्थ्य संस्थाहरुमध्ये सबैभन्दा बढी ९० अंक प्राप्त गरेको छ। प्रमुख पटेलका अनुसार मूल्यांकनमा उच्च अंक ल्याएर महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लाको गौरव बोक्ने अवसर प्राप्त गरेको हो।

    कार्यक्रमका अवसरमा प्रमुख पटेलले हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबालाई “नमुना स्वास्थ्य संस्था“ को प्रमाणपत्र र आवश्यक स्वास्थ्य सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। यसअघि पटेलको नेतृत्वमा जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले महेन्द्रझ्याडी स्वास्थ्य चौकीको स्थलगत अवलोकन समेत गरेका थिए।

    स्वास्थ्य सेवा, जनमैत्री व्यवहार, पूर्वाधार, स्वच्छता, रेकर्ड व्यवस्थापन तथा नियमितता जस्ता सूचकहरूमा चौकीले उल्लेखनीय सुधार गर्दै उदाहरणीय मोडेल प्रस्तुत गरेको बताइएको छ। गाउँपालिकाका प्रमुख वाइबाले स्वास्थ्य चौकीको उपलब्धिलाई सम्पूर्ण पालिकाको गौरवको विषय बताउँदै आगामी दिनमा अझ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि गाउँपालिकाबाट आवश्यक सहयोग निरन्तर गरिने प्रतिबद्धता जनाए।

    स्वास्थ्य चौकीले निरन्तर प्रयास, व्यवस्थापन सुधार, र कर्मचारीको सक्रिय सहभागिताबाट यो उपलब्धि हासिल गरेको बताइएको छ। स्थानीयवासीले पनि चौकीलाई नमुना संस्थाको मान्यता मिलेकोमा खुसी व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूको मेहनती सेवाको खुलेर प्रशंसा गरे ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.