Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

    नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

    By सूचनापाना२२ असार २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    त्रिशूली (नुवाकोट) । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ ।

    SuchanaPana.com

    छिमेकी मित्रराष्ट्र चीन सरकारले कालिका गाउँपालिका–५ जिबजिबेस्थित नीलकण्ठ नमुना माध्यमिक विद्यालयलाई अत्यधुनिक एवं सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरी अहिले भवन निर्माणको कामलाई तीव्र बनाएको छ ।

    दु्रततर गतिमा काम भइरहेको सो भवनको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको चाइना जिआङ्सु इन्टरनेशनल इकोनोमिक एण्ड टेक्निकल को–अपरेसन ग्रुपले जनाएको छ । भवन निर्माणमा संलग्न अधिकारीहरूका अनुसार सबै रकम चीन सरकारले व्यहोर्ने गरी निर्माण भएको सो भवनको लागत मूल्य ८४ करोड रहेको छ ।

    चाइना जिआङ्सुका देशीय निर्देशक ‘मा युहाङ’ले निर्माण प्रक्रियाअन्तर्गत स्थानीय सरकार र जनताबाट आवश्यक सहयोग प्राप्त भएकाले तोकिएको समयसीमा दुई वर्षभित्र विद्यालय भवन हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    “निर्माणका क्रममा गुणस्तर सुनिश्चित होस् भनी सिमेन्ट, फलामका रडलगायत सामग्री चिनियाँ उत्पादनलाई प्राथमिकता दिइएको छ । ससाना प्रकृतिका निर्माण सामग्री भने यहीँको प्रयोग गरिएको छ”, कम्पनीका देशीय निर्देशक युहाङले भने, “भवन निर्माणका लागि १८ जना चिनियाँ प्राविधिक खटिएका छन् । एक सय भन्दाबढी नेपाली कामदारले दैनिक आठ घण्टाका दरले तीन सिफ्टमा चौबिसै घण्टा काम गरिरहेका छन् ।”

    उनले भवन निर्माणका लागि दुई वर्षको समयसीमा भएको जानकारी दिँदै काम सुरु भएको छ महिनामै चारतले भवनको संरचना उठाउने काम पूरा भइसकेकाले छिट्टै काम सम्पन्न भइ भवन हस्तान्तरण गर्ने बताए ।

    कालिका गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष सन्दीप पौडेलका अनुसार रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्यले शिलान्यास गरेको सो भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने समझदारी भएको छ ।

    “चीन सरकारले सीमा जोडिएका जिल्लामा १० वटा नमुना विद्यालय निर्माण गर्न १२ वर्षअघि प्रतिबद्धता व्यक्त गरेको थियो । तर विविध कारणले गर्दा शिलान्यासको काम नै ढिलो हुन गयो । अहिले भइरहेको काममा कुनै समस्या नहोस् भनेर चनाखो भएका छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पौडेलले भने, “भवन निर्माणमा संलग्न चिनियाँ पक्षलाई बासस्थान, सडकको पहुँचमार्ग, पानी, विद्युत्, निर्माण सामग्री गोदाम घरलगायत आवश्यकता स्थानीय सरकारले पूरा गरिदिएको छ ।”

    चीन सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा अत्याधुनिक एवं सुविधायुक्त भवन निर्माणले रसुवाका विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल मात्र होइन नेपाल र चीनबीच मित्रताको प्रतीक बन्ने नीलकण्ठ माविका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताए ।

    चीनसँग सीमा जोडिएका जिल्लामा १० वटा नमुना विद्यालय बन्ने क्रममा रसुवाको नीलकण्ठ मावि पनि समावेश भएसँगै स्थानीयवासीमा खुसीको सीमा नरहेको उल्लेख गर्दै अहिलेकै गतिमा काम भए दुई वर्षअघि नै भवन हस्तान्तरण हुने स्थिति रहेको उनी बताउँछन् ।

    “विद्यालयको यसअघिको संरचनालाई ‘गोरखा भूकम्प’ले क्षति पु¥यायो । छिमेकी विद्यालयलगत्तै ठडिए । लामो समयदेखि टहरामा कष्टसाथ पढाउनुपरेको पीडा सम्झनामा सीमित गराउनुछ”, उनले भने, “सुविधायुक्त र आधुनिक संरचनासहितको भवन प्राप्ति भएपछि विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र बालमैत्री वातावरणमा शिक्षण सिकाइमा जोड्न सकिन्छ । भवनले शैक्षिक पूर्वाधारको सुधार मात्र होइन, टहरामा बिताएका कठिन दिनको अन्त्य पनि गराउने छ ।”

    अत्यधुनिक र सुविधायुक्त चारतले दुई वटा भवनमा सफा कक्षाकोठा, चिनियाँ ढाँचाका फर्निचर, आवश्यकताअनुसारका प्रयोगशाला, पुस्तकालय, शौचालयलगायत आधारभूत पूर्वाधारले शिक्षाको गुणस्तरमा धेरै सुधार ल्याउने स्थानीय अभिभावको अपेक्षा छ ।

    रसुवा जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका करिब ४०० विद्यार्थी हाल सो विद्यालयमा अध्ययनरत छन् । एकसय ५० जना विद्यार्थी क्षमताको आवासीय भवनसहितको संरचना विद्यालयले पाएसँगै जिल्ला बाहिरका विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए ।

    “प्राविधिक शिक्षा र अङ्ग्रेजी माध्यमको पढाइ सञ्चालनमा ल्याइसकेका छौँ । चीन सरकारसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन, सीप विकास र प्रविधिसँग अनुकूल शिक्षण प्रणालीमार्फत उत्कृष्ट शिक्षा प्रदान गर्ने लक्ष्य लिएका छौँ”, उनले भने ।

    विद्यालयले विशेषगरी विपन्न, गरिब र दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा दिने नीति लिएको छ । यही कारण टाढाटाढाबाट विद्यार्थी भित्र्याउने खाका अहिले नै तयार विद्यालयले तय गरेको स्पष्ट गरेको छ ।

    अध्यक्ष पौडेल अबको १८ महिनाभित्र निर्माण सम्पन्न भई हस्तान्तरण हुने सो भवन नेपाल र चीनबीचको सम्बन्ध सुधारको प्रतीकका रुपमा चीरकालसम्म रहिरहने र दुई देशबीच जनस्तरसम्मको सम्बन्ध विस्तारमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्छन् ।

    निर्माण पक्षबाट प्राप्त प्राविधिक प्रतिवेदनअनुसार ११ हजार अभिभावकका सन्ततिले अध्ययन गर्न पुग्ने कक्षाकोठा, १५० क्षमताको छात्राबास, शिक्षक–कर्मचारी कोठा, सभाकक्ष, पुस्तकालय कोठा, कम्युटर र विज्ञान प्रयोगशाला, बास्केटबल मैदानलगायत संरचना हुनेछ ।

    प्रधानाध्यापक देवकोटाका अनुसार रसुवा जिल्लामा अहिले करिब १४ हजार घरधुरी रहेको तथ्याङ्कसहित नयाँ बन्ने सो विद्यालयको क्षमतालाई विश्लेषण गर्दा विद्यालय हस्तान्तरण भएपछि गुणस्तरीय शिक्षाका लागि कुनै पनि अभिभावकले आफ्ना सन्ततिलाई जिल्ला बाहिर पठाउन पर्दैन ।

    विसं २०२१ मा स्थापना भएको नीलकण्ठ नमुना माविको नयाँ भवन चिनियाँ वास्तुकलामा आधारित सुविधासम्पन्न, फूलैफूलले सजिएको बगैँचासहित आकर्षक र विद्यालय शिक्षामैत्री हुने निर्माण कम्पनीले जनाएको छ । काठमाडौँबाट ८० किमी दूरीमा रहेको सो नमुना मावि चीनको केरुङबाट ७२ किमीको दूरीमा पर्दछ । रासस

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.