काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पर्यटन राज्यमन्त्री बनेका अरुण चौधरीले आज राजीनामा दिने भएका छन्।
नाउपाका एक नेताका अनुसार उनले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेर राजीनामा बुझाउने तयारी गरेका छन्।
शनिबार बसेको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
