Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अस्वीकृत प्रेमको प्रतिशोधमा एकै परिवारका ४ जनाको हत्या

    अस्वीकृत प्रेमको प्रतिशोधमा एकै परिवारका ४ जनाको हत्या

    By सूचनापाना२२ असार २०८२, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । मध्यराति प्रहरीलाई आएको एक आकस्मिक फोनले भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा भयावह सामूहिक हत्याको रहस्य खोलिदियो। युवक राजेन्द्र राईले प्रहरीलाई फोन गरी आफूले तीन जनालाई छुरा हानेको र आफ्नो जीवन खतरामा रहेको जानकारी गराएका थिए। उक्त सूचनामा प्रहरी टोली घटनास्थल पुगेको थियो, जहाँ चार जनाको शव फेला परेको थियो।

    SuchanaPana.com

    मृतकहरू ६८ वर्षीय बेलबहादुर गिरी, उनकी पत्नी मन्जु गिरी, उनीहरूका १६ वर्षीया छोरी र १० वर्षीय छाेरा थिए। आरोपी राजेन्द्र राई भने पेटमा छुरा लागेर घाइते अवस्थामा भेटिए। उनलाई तत्काल जिल्ला अस्पताल भोजपुर लगिएको थियो र थप उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

    घटना भएको क्षेत्र दुर्गम रहेको र प्रहरी टोली पुग्न पाँचदेखि छ घन्टा लागेको वडा अध्यक्ष राजकुमार तामाङले बताए। प्रारम्भिक अनुसन्धान अनुसार, आरोपी र मृतक परिवारकी १६ वर्षीया छोरीबीच प्रेम सम्बन्ध रहेको थियो। जुन परिवारले स्वीकार नगरेको कारण विवाद उत्पन्न भएको थियो। केही दिनअघि परिवारले ती युवतीलाई माइत फिर्ता लगेका थिए। राजेन्द्र राई भोजपुर सदरमुकाममा पेन्टिङ गर्ने काम गर्थे।

    “मेरो परिवारले मलाई र मेरो प्रेमलाई स्वीकारेन। उनीहरूले ममाथि हमला गरेपछि म प्रतिकारमा छु। मैले कसैलाई मार्न चाहेको थिइनँ, तर आत्मरक्षा स्वरूप यस्तो भएको हो” उनले बयानमा भनेका छन्।

    राति झगडा चर्किँदा राजेन्द्रले आफूमाथि आक्रमण भएको बताउँदै प्रतिकार स्वरूप छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

    प्रहरी मृतक र आरोपी दुवै पक्षसँग सोधपुछ गरिरहेको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.