काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरूको नाम टुंगो लागेको छ । समितिमा समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २/२ तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य रहने छन्
नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती, नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने टुंगो लागेको हो ।
आज सभामुख देवराज घिमिरेसँगको छलफल दलहरुले आआफ्नो पार्टीबाट सदस्यहरूको नामावली दिएका थिए । ती नामावली सभामुखको सचिवालयले सार्वजनिक गरेको छ ।
सभामुख घिमिरेले आजको प्रतिनिधि सभा आजको बैठकमा ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’मा रहने सदस्यहरूको नाम औपचारिक रूपमा जानकारी दिनेछन् ।
राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियड निष्प्रभावी हुने प्रावधान थपिएको भन्दै विरोध भएको थियो ।
