Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रसुवा बाढी : त्रिशूली र नारायणी नदीसम्म बेपत्ताको खोजी

    रसुवा बाढी : त्रिशूली र नारायणी नदीसम्म बेपत्ताको खोजी

    By सूचनापाना२५ असार २०८२, बुधबार
    बाढीले क्षतिग्रस्त रसुवागढी नाका। तस्बिर साभार : रेडियो लाङटाङ
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाल प्रहरीले रसुवामा मंगलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ।

    SuchanaPana.com

    रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

    उनले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको बताए। उनका अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ चितवनमा फेला परेको थियो।

    प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशंकामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिए। उनका अनुसार हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव रहेका छन् ।

    चार वटा मानव अङ्गमात्रै फेला परेको बताउँदै उनले ती शवको भने डिएनए परीक्षण आवश्यक रहेको बताए। प्रवक्ता थापाका अनुसार अझै दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन्।

    ‘बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ। बाढीका कारण यकीन भइसकेको छैन तर मौसमविद्हरूले माथिल्लो क्षेत्रमा रहेको हिम पोखरीहरू फुटेका हुनसक्ने आशंका गरेका छन्’,उनले भने।

    मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले बाढीका कारण पत्ता लगाउन अध्ययन भइरहेको जानकारी दिए। उनले ठूलो वर्षा नभइकन यसरी बाढी आएकाले यसबारे विस्तृत रूपमा अनुसन्धान भइरहेको बताए।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.