असार सकिन लाग्दा समेत सुनसरीको इनरुवा नगरपालिका-८ मा बाँझै रहेको किसानको खेत । पर्याप्त वर्षा नहुँदा र सिँचाइको समस्याका कारण यहाँका धेरै किसानको खेत बाँझै छ । तस्बिर : नवीन गड्तौला / रासस
सर्लाहीको बरहथवा नगरपालिका-११ हिरापुर बैरेजस्थित धान रोपाइँको लागि खनजोत गरी तयार गरिएको खेत । यस वर्ष प्रयाप्त वर्षा नहुँदा यहाँका धेरै खेतमा धान रोपाइँ हुन सकेको छैन । तस्बिर ः विश्वनाथ ठाकुर/ रासस