Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा तिहार लक्षित अनुगमन

    खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा तिहार लक्षित अनुगमन

    By सूचनापाना२६ आश्विन २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ ।

    SuchanaPana.com

    शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर अनुगमन गरिएको थियो। टोलीले कुहिएको नरिवल, म्याद गुज्रेको मैदा र गुणस्तरीय मापदण्ड पूरा नगरेका चिउरा जफत गरी नष्ट गरेको जनाएको छ।

    अनुगमन टोलीले खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर आसपासका पसलहरू, खाँडादेवी गाउँपालिकाको कार्यालय वरपरका पसल तथा होटलहरू र सित्खा बजारमा रहेको पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही पसलहरू दर्ता नगरि चलाईएका, केही पसल गाउँपालिकामा दर्ता गरिए पनि पान नं। नलिएको र केही पसल किरानाका लागि दर्ता गरिएको भए पनि मदिरा तथा फेन्सी समेत सँगै विक्रिवितरण गरिएको पाईएकोले नियमानुसार गर्न सुझाव दिईएको थियो ।

    पर्वको समयमा गुणस्तरीय सामग्री उपभोक्तासम्म पुगोस भन्ने हाम्रो मुख्य उद्देश्यले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजराज शर्माले बताए । अनुगमनले उपभोक्ताको हित सुरक्षित गर्ने मात्र होइन, व्यापारीलाई पनि जिम्मेवार बनाउने उनको धारणा थियो ।

    जिल्ला अनुगमन समितिको सक्रियता र नियमित निरीक्षणले बजारमा विश्वास कायम राख्ने उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले बताए । उनले अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यलाई ख्याल राखी गुणस्तरीय सामान बेचबिखन गर्न आग्रह गरे ।

    अनुगमन टोलीले स्थानीय व्यापारी र उपभोक्तासँग सल्लाह–सुझाव संकलन गर्दै, भविष्यमा पनि यस्ता अनुगमन नियमित राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।नेपाल पत्रकार महासंघ रामेछापका सह–सचिव कुमार श्रेष्ठले भने, “पत्रकारिताले अनुगमनको सकारात्मक पक्ष र उपभोक्ता अधिकारको रक्षा प्रवद्र्धन गर्छ। यो कार्यले स्थानीय बजारमा विश्वास कायम गर्न मद्दत गरेको छ।”

    अनुगमन कार्यक्रमले उपभोक्तामा विश्वास जागृत गर्दै गुणस्तरीय बजार सुनिश्चित गर्न प्रभावकारी भूमिका खेल्न सहयोग गरेको छ । अनुगमन टोलीले कुशल र व्यवस्थित रूपमा पसलहरूको निरीक्षण गरी पर्व नजिकिँदै गर्दा उपभोक्ताको हित सुरक्षित गर्ने कोसिस गरेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.