काठमाडौं , १४ वैशाख । डिजिटल करेन्सी तर्फ राष्ट्र बैंक अघि बढेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । मिश्रले राष्ट्र बैंकको ६७ औँ वाषिर्कोत्सव समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
कागजको नोट चलाएर सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढ्न आवश्यक भएकोले सोहि अनुसार अगाडी बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरेर डिजिटल कारोबारलाई अघि बढाउने रा्ष्ट्र बैंक लागेको उनले बताए ।