काठमाडौं- मनोनयन भएको उमेदवारहरूको नामावली आज साँझ ६ बजे प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । आयोगको तालिका अनुसार १६ गते (भोलि) साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ । एक लाख ५२ हजार ४६५ मनोनितको विवरण संकलन भएको आयोगले जनाएको छ । वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदै छ ।