काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ।
आज विहान २ बजे भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।
आज विहान २ बजे टिपरले ठक्कर दिएको र करिब ३ बजेतिर मोटरसाइकलमा सवार दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु भएको हो। उनीहरुको सनाखत हुन सकेको छैन्।
ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ।