काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस गरिएको छ ।
बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो ।
आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ । क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।
यस अघि आज बिहान ३ बजेर ५६ मिनेटको समयमा कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको थिया । ।