जुम्ला । पातारासी गाउँपालिकाको बागजाले भन्ने पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् भने ३ सय भेडा हराएका छन् ।
शुक्रबार दिउँसो ३ बजेतिर बागजाले भन्ने ठाउँमा परेको चट्याङमा गाउपालिका-४ लुम निवासी ५ जना कृषकका भेडाका परेका हुन् ।
अप्ठ्यारो भीर भएकाले खोजतलास गर्ने कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए । प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, राम बहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेका छन् ।