Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » काठमाडौँको फोहोर टेकु ट्रान्सफर स्टेसनमा फोहो छोपेर राख्न मेयर बालेनको निर्देशन

    काठमाडौँको फोहोर टेकु ट्रान्सफर स्टेसनमा फोहो छोपेर राख्न मेयर बालेनको निर्देशन

    By सूचनापाना१९ असार २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राखिने भएको छ। कामपाका मेयर वालेन्द्र साहले सबै वडालाई नियमित रुपमा फोहोर संकलन गरी टेकु ट्रान्सफर स्टेसनमा राख्न निर्देशन दिएका छन्।

    SuchanaPana.com

    वातावरण व्यवस्थापन विभागले नियमित फोहोर संकलन गरी ट्रान्सफर स्टेशनमा ल्याउने व्यवस्था गरिसकेको छ। विभागका एक अधिकारीका अनुसार लगातार फोहोर आउने क्रमसंगै छोप्ने काम शुरु गरिनेछ। फोहोरलाई छोपेर राख्ने विषयमा कसैलाई जानकारी नदिएको बताउँदै ती कर्मचारीले भने– ‘एक सातादेखि ल्यान्डफिल साइटमा फोहोर नगएपछि मेयर साहले गोप्य रुपमा फोहोरलाई छोप्न निर्देशन दिनुभएको हो।’

    उनका अनुसार फोहोरलाई गन्ध नआउने केमिकल प्रयोग गरी ट्रान्सफर स्टेशनमा राखिने र ल्यान्डफिल साइट जाने बाटो खुल्नासाथ ट्रान्सफर स्टेशनबाट बञ्चरेडाँडा ल्यान्डफिल साइट लैजाने तयारी भएको छ।

    कामपा वातावरण व्यवस्थापन विभागले गन्ध नआउने केमिकल र फोहोर छोप्न प्रयोग हुन प्लास्टिक खरिद गर्ने तयारी गरेको छ। स्रोतका अनुसार मेयर साहले फोहोर छोप्न सामान खरिद प्रक्रिया अघि बढाइसकेका छन्। विभागका नगर प्रहरी पुर्णचन्द्र भट्टले स्थानीयको अवरोधको कारण नभई बाटो बिग्रिएकोले फोहोर व्यवस्थापन कठिनाई भएको बताए। बाटो बिग्रेको कारण ६ दिनदेखि राजधानीको फोहोर सडकमै थुप्रिएको छ। घाम लागेको दिन एक दुई ट्रीप मात्र फोहोर लैजाने गरिएको छ।

    सडक विभागले केही दिन अझै बाटो बनाउन समय लाग्ने जनाएपछि ट्रान्सफर स्टेशनमा गन्धरहित गरेर फोहोर व्यवस्थापन शुरु गर्न लागिएको हो। विभागले केमिकल हालेर फोहोर छोेपेपछि दुर्गन्ध शुन्य हुने महानगरको भनाइ छ। झण्डै एक सातादेखि फोहोर उठ्न नसक्दा सडकभरी फोहोर थुप्रिएको छ। टेकु ट्रान्सफर स्टेशनमा ४ सय ट्रिपभन्दा बढी फोहोर थुप्रिएको छ। कामपाले लगातार फोहोर संकलन गर्दै टेकु ट्रान्सफर स्टेशन लैजाने र त्यहाँबाट सिसडोल पु¥याउने गरी धमाधम काम भैरहेको जनाएको छ।

    बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न समस्या देखिएपछि १७ मध्ये करिब आधा दर्जन स्थानीय निकायले आफ्नो क्षेत्रमा अल्पकालिन रुपमा फोहोर व्यवस्थापन गरिरहेको छ। कामपामा मात्र दैनिक १ हजार १ सय टन फोहोर उत्पादन हुने गर्दछ। बञ्चरेडाँडा ल्याण्डफिल साइट नजिक सिसडोल ल्याण्डफिल साइटको क्षेत्रमा फोहोर माथिको बाटो भासिएको कारण फोहोर उठन नसकेको हो। वर्षा नभए बाटो बनाउन करिब एक साता लाग्ने बताइएको छ।

    उता स्थानीयले सरकारले आफ्ना मागको सुनुवाई नगरेको भन्दै भदौ १ गतेदखि कडा आन्दोलन गर्ने तयारी थालेका छन्। संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले माग पुरा नभए भदौबाट कडा आन्दोलन गर्ने तयारी भइरहेको बताए। सम्झौता अनुसार कामपाले एक महिनाभित्र गाडीबाट फोहोरमैलाको फोहोर पानी (लिचेड) नबग्नेगरी फोहोर ढुवानी गर्न सवारी साधन व्यवस्था गर्ने, ३ महिनाभित्र पुर्वाधारअन्तर्गत सडक र बत्तीको व्यवस्थापन गर्ने, दुई महिनामा लिचेडको वैज्ञानिक व्यवस्थापन गर्ने, ३ महिनाभित्र बञ्चरेडाँडा वरपरका घरटहरा क्षतिपूर्तिसम्बन्धी निर्णय गर्नुपर्नेछ।

    सम्झौताअनुसार वैज्ञानिक अध्ययनका आधारमा प्रभावित क्षेत्र छुट्याउने, यसका आधारमा अधिग्रहण, मुआब्जा वितरणलगायतका काममा महानगरले सम्बन्धित मन्त्रालयमा पहल गर्नुपर्नेछ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.