Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कुनै पनि गैर नेपालीले नागरिकता नपाओस् : गृहमन्त्री खाँण

    कुनै पनि गैर नेपालीले नागरिकता नपाओस् : गृहमन्त्री खाँण

    By सूचनापाना३१ असार २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताएका छन् ।

    SuchanaPana.com

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले संविधानको भावना अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरे ।

    उनले यसअघि २ वर्ष लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पास गरेको विधेयकको जगमा अहिलेको विधेयक बनेको उल्लेख गरे । मन्त्री खाँणले केपी ओली सरकारले परिस्थिति बस अध्यादेश ल्याएको तर सर्वोच्च अदालतले सदनमा फर्काइदिएको स्मरण गराउँदै अदालतको फैसला र अघिल्लो विधेयकको आधारमा अहिलेको विधेयक ल्याइएको बताए । अघिल्लो विधेयकमा रहेका महत्वपूर्ण विषयवस्तु अहिलेको विधेयकमा समावेश गरिएको उनको भनाई छ ।
    परिस्थितिका कारण सरकारले विधेयक अघि बढाएको र त्यसबारेमा सांसदहरुले समान धारणा राखेको उनले बताए । उनले भने –‘कुनै पनि गैर नेपालीले नागरिकता नपाओस्, नेपाली नागरिक नागरिकताबाट बञ्चित नहोस्, कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गरिनेछैन भन्ने संविधानको अवधारणा रहेको छ । त्यसै अवधारणामा उभिएर नै यो विधेयक बनाइएको छ ।’

    उनले हिमाली भेगमा जनताले कठिन भूभागमा बसेर यो हिमाल हाम्रो हो, यो हिउँ हाम्रो हो भनेर उत्तरी क्षेत्रको सीमा रक्षा गरेको बताए । यस्तै महाकालीका किनारमा रहेका जनताले त्यहाँको बगर भूभागको रक्षा गरेको, मधेसका दाजुभाईको प्रयत्नले त्यहाँको भूगोलको रक्षा भएको बताए । उनीहरुकै कारण सदियौंदेखि उनीहरुले नेपालको स्वाधिनता जोगिएको बताए । नागरिकता तिनै नेपालीहरुले नै पाउने भएकोले विधेयक अघि बढाइएको उनको भनाई छ ।

    मन्त्री खाँणले संविधानको भावनाअनुसार नै नागरिकता विधेयक ल्याइएको उल्लेख गर्दै संविधान धर्मग्रन्थअनुसार अपरिवर्तनीय नभएकोले आवश्यकताअनुसार परिवर्तन गर्दै जाने बताए । यसअघि प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिमा २२ महिनामा ३४ वटा बैठक बसेर नागरिकतासम्बन्धी विधेयक पास भएको थियो । सो विधेयकलाई लत्याउँदै सरकारले अर्को विधेयक संसदमा प्रस्तुत गरेको हो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी…

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

    ९ जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.