Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रारा क्षेत्रमा मानवीय अतिक्रमण : न रैथाने वनस्पति देखिन्छन् न त जीवजन्तु नै

    रारा क्षेत्रमा मानवीय अतिक्रमण : न रैथाने वनस्पति देखिन्छन् न त जीवजन्तु नै

    By सूचनापाना३ श्रावण २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    मुगु । रारा, एक स्वर्गको अनुपम टुक्रा । जो कसको यादमा झल्किरहन्छ ।

    SuchanaPana.com

    चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधै तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फुलको भूमिका पनि कम छैन । 

    रारालाई सुन्दर बनाउने यी फुल पछिल्लो समय मुस्किलले देखिने गरेका छन् । केही वर्षसम्म सहजै देखिने कलिला मुना जस्तै फुलहरू पछिल्लो समय बिस्तारैबिस्तारै देखिन छाडेका छन् । यसरी फुलहरू हराउँदा राराको सौन्दर्य नै खस्किने पो हो की भनेर पर्यटकहरूले चिन्ता जताउन थालेका छन् । विभिन्न रंगीबिरंगी फुलले फुलबारी जस्तै बन्ने रारा परिसर दोस्रो तेस्रो पटक रारा पुग्नेहरूले अचेल केही कमी भएको अनुभव गर्न थालेका छन् । 

    रारा रािष्ट्रय निकुञ्जअन्तर्गत राराताल वरिपरी फुल्ने २५ प्रकारका फूल, १२ प्रजातिका चरा र १६ प्रजातिका वन्यजन्तु लोप हुँदै गएका छन् । निकुञ्जले पाँच वर्ष अगाडि गरेको अध्ययनअनुसार रारा ताल आसपासमा  एक सय ६५ किसिमका वन्यजन्तु, तीन सय दुई प्रजातिका चरा र एक सय ६३ प्रजातिका फुल पाइन्थे । 

    तर अहिले रातो र सेतो गुराँस, भदुरी, चमौली, बुकी, डोइली, म्याकुरो, कटुकी, अत्तिसलगायत फूल देखिदैनन् । यस्तै, च्याखुरा, तित्रा, कालिज, ढुकुर, कोइली लगायत चरा र घोरल, झारल, बदेँल, चितुवा, भालु, मृग, रतुवा लगायत वन्यजन्तुहरू देखिनै छाडेका छन् । 

    निकुञ्ज क्षेत्रका कार्कीबाडा, तलितुम, माथितुम, पिना, झ्यारी, मुर्मा, भामबाडालगायत बस्तीका करिब तीन हजार पशुचौपाया जथाभाबी छोड्दा फुलहरू लोप भएको हुनसक्ने पर्यटकहरूको अनुमान छ । 

    अव्यवस्थित चरिचरन र मानवीय क्रियाकलापले फुलहरू नष्ट भइरहेको जानकारहरू बताउँछन् । फूलहरू मासिँदै गएपछि राराताल आसपासको क्षेत्र उजाड देखिन थालेको छ । पछिल्लो समय मानवीय क्रियाकलाप पनि बढ्दै गएको, पशु चौपाया, गाई , भँैसी, घोडा लगायतले वनस्पतिमा ठूलो असर पारिरहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए । रारामा पर्यटक बोक्ने घोडाहरूले गर्दा पनि जैविक विविधतामा ठूलो असर परिरहेको छ ।

    गतवर्ष निकुञ्जमा ५० हेक्टर क्षेत्रमा आगलागी भएको थियो भने यो वर्ष दुई हेक्टरमा आगलागी भएको सल्लेरी पोष्टका कमल बुढाले बताए । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.