काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ ।
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र बिमा बोर्डका पदाधिकारीहरूबीच आज ९मंगलबार० मन्त्रालयमा छलफल भएको थियो ।
छलफलमा यस्तो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने सहमति भएको बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।
‘निजी तथा मेडिकल कलेजबाट स्वास्थ्य बिमा कार्यक्रम हटाइँदाका असर र निरन्तरता दिँदाको फाइदाबारे हामीले मन्त्रीज्यूलाई स्पष्ट पारेका छौँ,’ डा। उप्रेतीले भने, ‘निजीबाट सेवालाई निरन्तरता दिने प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा लैजाने सहमति भएको छ । सकारात्मक निर्णयको अपेक्षामा छौँ ।’
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्र सञ्चालन गरिने उल्लेख छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै चार निजी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको औपचारिक सूचना बोर्डलाई गराइसकेका छन् ।