Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मुगुमा ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब 

    मुगुमा ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब 

    By सूचनापाना१७ श्रावण २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    मुगु । सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो ।

    SuchanaPana.com

    ढुवानीकाे जिम्मेवारी पाएकाे रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएकाे २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० बोरा) नुन  गमगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।  

    आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ्ग लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एण्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले बताए ।

    उनका अनुसार डिपो कार्यालय मुगुमा साल्ट ट्रेडिङलाई ठेकेदारको सम्झौताअनुसारको नुन पुर्‍याएकाे ठेकेदार भामले दाबी गरेका छन् । मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीले नुन नआइपुगेको भन्दै मौज्दातमा नराखी १५९ क्विन्टल नुन बिक्री गरी गायब बनाइएको ठेकेदारको आरोप छ  । प्रमुख कार्कीले उक्त नुनको हिसाब नै नदेखाई बिक्री गरेको ठेकेदारको आराेप छ ।  

    ठेकेदारका अनुसार हरेकपटक नुन ढुवानी गरेर गमगढी पुर्‍याएपछि प्रमुखलाई नुन बुझ्न खबर गर्दा डिपो प्रमुखले श्रीमती विद्या मल्ल कार्कीलाई पठाउने गरेको भामले बताए । उनले भने, ‘नुन बुझ्ने श्रीमतीले हाेइन , डिपो प्रमुखले बुझ्नुपर्छ । चलानी बुझाइ अन्य कागजात माग्दा अर्कोदिन दिन्छु भनी डिपो प्रमुख कार्कीले आलटाल गर्ने र अहिले अन्तिममा आएर नुन नै ठेकेदारले नल्याएको भनेर आफु पन्छिन खोजेका छन् ।’ 

    ठेकेदार भामले प्रमुखले आफूबाट एक लाख रुपैयाँ घुस खान खोजेको र आफूले दिन नमान्दा एक गाडी नुन नै गायब बनाइदिएको प्रमुख आरोप लगाएका छन् । नेपालगञ्ज साल्ट ट्रेडिङ लिमिटेडदेखि चलानी गरी सातपटक नुन ढुवानी गरी मुगु डिपोलाई प्रशासन प्रतिनिधिको रोहबरमा बुझाइएको सबै कागजात प्रमाण हामीसँग हुँदा पनि कार्यालय प्रमुख कार्कीले  नुन नपुगेको गाडी रोकिदिएको जनाइएको छ । 

    प्रादेशिक कार्यालय नेपालगञ्ज साल्ट ट्रेडिङबाट गत ८ चैतमा  नुन बोकेर मुगु हिँडेको भे १ ख ३६९० नम्बरको सवारी १२ चैतमा मुगुको भुलभुले चेक पोष्टमा सि.नं ३३ मा इन्ट्री दर्ता भइ १३ गते आइतबार दिउँसो साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीकी श्रीमती विद्या मल्ल कार्कीलाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिको रोहोबरमा बुझाएको ठेकेदारका प्रतिनिध पुलिनिन्द बुढाको भनाइ छ । 

    साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीका अनुसार ठेकेदारले कार्यालयलाई नुन बुझाएका छैनन् । ठेकेदार भामले लगाएको यो सबै आरोप निराधार रहेकाे कार्कीकाे भनाइ छ । यस वर्ष मुगुको लागि दुई हजार ७०० क्विन्टल नुन आउनु पर्नेमा दुई हजार ५४१ क्विन्टल मात्र ठेकेदारबाट बुझेको डिपो प्रमुख खगेन्द्र कार्कीले बताए । 

    दुर्गम जिल्लातिर आउने नुन, चामलहरू प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रमाणित गर्नुपर्ने हुन्छ, त्यसैअनुरुप आफू स्वयं गोदाममै पुगेर एक एक गरेर गन्ती गरी प्रमाणित गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.