Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाली कामदार जापान पठाउन संयुक्त कार्यसमितिको बैठक बस्दै

    नेपाली कामदार जापान पठाउन संयुक्त कार्यसमितिको बैठक बस्दै

    By सूचनापाना१९ श्रावण २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दै छ । नेपाल र जापानका सरकारी अधिकारी सम्मिलित समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो ।

    SuchanaPana.com

    नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार जापान लैजान सहकार्य गर्ने समझदारी भएको थियो । सो समझदारीको समीक्षा र कार्यान्वयनबारे आजको बैठकमा छलफल गर्ने श्रम मन्त्रालयका उपसचिव एवम् संयुक्त कार्यसमितिका सदस्य सचिव थानेश्वर भुसालले जानकारी दिए ।

    संयन्त्रको पहिलो बैठक गत नोभेम्बर महिनामा भर्चुअल माध्यमबाट बसेको थियो । दोस्रो बैठकका लागि जापानको श्रम मन्त्रालयका सहसचिवस्तरको कर्मचारी नेतृत्वको टोली काठमाडौं आएको छ । यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजु पोखरेलले गरेका छन् ।

    नेपाल–जापानबीच भएको समझदारी अनुसार प्रशिक्षार्थी र विशेषज्ञ नेपाली कामदारहरु जापान पठाइने छ । जापान जानका लागि साढे ५ हजार जना नेपालीहरु भाषा परीक्षा पास गरेर बसेका छन् । ‘भाषा परीक्षा पास गरेकाहरुलाई जतिसक्दो छिटो जापान पठाउने विषयमा आजको बैठकमा छलफल हुन्छ,’ सदस्य सचिव भुसालले भने ।

    जापानमा कामदारहरुको माग उच्च छ । ३ लाख ४० हजार कामदारको माग रहेको र सोही अनुसार विश्वका एक दर्जन बढी देशहरुबाट कामदारहरु लैजाने भनेर जापानी अधिकारीहरुले भन्ने गरेको भुसाल बताउँछन् । ‘नेपालले जति धेरै प्रयत्न गर्यो उति धेरै कामदार पठाउन सकिने सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि हामी प्रयासरत छौं ।’

    जापासँग सहकार्य गर्ने समझदारी अनुसार नेपालले हालसम्म ८३५ जना नेपाली कामदारलाई मात्रै जापान पठाउन सकेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज एक करोड ६३ लाख बराबरको साढे ६ क्विन्टल…

    पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर

    १४ आश्विन २०८०, आईतवार

    ढुङ्गामुनि लुकाएको अवस्थामा दोलखाबाट थप चार किलो सुन बरामद

    १४ आश्विन २०८०, आईतवार

    चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री

    १४ आश्विन २०८०, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    कपिलवस्तुबाट एक करोड ६३ लाख बराबरको रक्तचन्दन बरामद

    १४ आश्विन २०८०, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.