काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बुधवार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मङ्सिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।