काठमाडौं । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।
वैशाख ३० को स्थानीय निर्वाचनपछि सुरु गरिएको मतदाता नामावली संकलन कार्य आजको मन्त्रीपरिषद्बाट आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने घोषणा गरेसँगै अन्त्य भएको हो ।
चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ । मतदाता नामावली संकलन कार्य आज कार्यालय समयसम्म भने जारी रहनेछ ।