Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एसपिपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न मिल्दैन : परराष्ट्र

    एसपिपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न मिल्दैन : परराष्ट्र

    By सूचनापाना२१ श्रावण २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न नहुने भनेर अमेरिकालाई गरेको पत्राचार सार्वजनिक गर्न नमिल्ने जिकिर गरेको छ ।

    SuchanaPana.com

    संघीय सांसद र संसदीय समितिले एसपिपीमा संलग्न नहुने पत्राचारको छाया–प्रति सार्वजनिक गर्न माग गरिरहेका वेला परराष्ट्र मन्त्रालयले कूटनीतिक पत्राचार संवेदनशील विषय भएकाले सार्वजनिक गर्न नमिल्ने जवाफ दिएको हो ।

    केही दिनअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपिपी अस्वीकार्यबारे अमेरिकालाई पत्राचार गरेको जानकारी दिएका थिए ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कूटनीतिक संवेदनशीलताका विषयलाई सूचनाको हकसम्बन्धी ऐनले नै गोप्य राख्न भनेको जिकिर गरिन् ।

    उनले द्विपक्षीय कूटनीतिक नोट एकपक्षीय रूपमा सार्वजनिक गर्न नमिल्ने बताइन् । एसपिपीमा सहभागी नहुने मन्त्रिपरिषद्को ६ असारको निर्णयबारे कूटनीतिक माध्यमबाट लिखित जानकारी ९ साउनमा अमेरिकालाई पठाइसकेको भन्दै उनले यसबारेमा सदनमा परराष्ट्रमन्त्रीले विस्तृतमा बताइसकेको उल्लेख गरिन् ।

    ‘यसको संवेदनशील पक्ष के बुझिदिनुपर्‍यो भने द्विपक्षीय कूटनीतिक नोट भनेको एकपक्षीय हिसाबले त्यसलाई आफूले मात्र एक्सपोज गर्न मिल्दैन,’ उनले भनिन् । सूचनाको हकसम्बन्धी २०६४ को ऐनले पनि कतिपय कुरा क्लासिफाई गर्नुपर्ने, सुरक्षित राख्नुपर्ने र गोप्य राख्नुपर्ने भनेको उनले स्मरण गराइन् । ‘कानुनले नै भनिसकेपछि द्विपक्षीय सम्बन्ध, अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा कतिपय कुराहरू एकपक्षीय रूपमा भन्न मिल्दैन । किनभने त्यसका कतिपय संवेदनशीलता हुन्छन्,’ उनले भनिन् । प्रवक्ता लम्सालले यसमा मन्त्रालयले पत्र पठाइसकेको हुनाले सन्देह नगरिदिन अनुरोध गरिन् ।

    बिहीबार मात्रै बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले अमेरिकालाई पठाएको पत्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो । यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि एसपिपीसम्बन्धी कागजात उपलब्ध गराउन ताकेता गरे पनि सरकारले दिएको छैन ।

    एसपिपी अस्वीकार तथा पत्राचारमा सरकारले गरेको ढिलाइ र मागिएका सम्बन्धित कागजात उपलब्ध नगराउँदा सांसदले सरकारको नियतमा शङ्का गर्नुपर्ने अवस्था आएको बताइरहेका छन् । संसदीय समितिले पनि एसपिपीसम्बन्धी कागजात उपलब्ध गराउन ताकेता गरिरहेको, तर सरकारका मन्त्रालय र निकायले बेवास्ता गरेको भन्दै संशय पैदा भएको उल्लेख गरेका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.