काठमाडौ । कोटेश्वरमा सडक छेउमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
मकवानपुरको बकैया गाउँपालिका ४ घर भई भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षीया भूमिका आलेमगरको मृत्यु भएको हो। यस्तै मोटरसाइकल चालक नयाँथिमी बस्ने दोलखाका बैतेश्वरका २९ वर्षीय प्रेम श्रेष्ठ घाइते भएका हुन्।
दुर्घटनामा चालक श्रेष्ठ र मोटरसाइकलकको पछाडि सवार आलेमगर घाइते भएका थिए। गम्भीर घाइते भएकी आले मगरको उपचारको क्रममा माइतीघरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो।
चालक श्रेष्ठको भने बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। सडक छेउमा रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा श्रेष्ठले चलाएको बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल गएराति सवा १२ बजे अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ।