Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    By सूचनापाना२४ श्रावण २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    अछाम । अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७७(७८ मा अछामका १० स्थानीय तहले वार्षिक पाँच करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ ।

    SuchanaPana.com

    १० वटा पालिकामध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम तृर्माखाँद गाउँपालिकाले राजश्व संकलन गरेका छन् । साँफेबगर नगरपालिकालिकाले आर्थिक वर्ष २०७७/७८ मा एक करोड ६५ लाख ८ हजार र तृर्माखाँद गाउँपालिकाले २० लाख ५४ हजार राजश्व संकलन गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    साँफेबगर नगरपालिकाले तुर्माखाँद गाउँपालिकाभन्दा एक करोड ४४ लाख ६३ हजार बढी राजश्व संकलन गरेको छ । साँफेबगर नगरपालिकाले केही स्थानीय तहबाहेक अन्य पालिकाभन्दा तेब्बर/चौब्बर बढीले राजश्व संकलन गरेको छ ।

    चौरपाटी गाउँपालिकाले ९४ लाख ८६ हजार मंगलसैन नगरपालिकाले ७७ लाख ९७ हजार, पञ्चदेवल बिनायक नगरपालिकाले ४५ लाख ४४ हजार र ढकारी गाउँपालिकाले ४४ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेका छन् ।

    कमलबजार नगरपालिका ४२ लाख १६ हजार, मेल्लेख गाउँपालिकाले ३४ लाख २१ हजार, बान्नीगढी जगयढ गाउँपालिकाले ३० लाख ६१ हजार र रामारोशन गाउँपालिकाले २९ लाख तीन हजार रुयैयाँ राजश्व संकलन गरेका छन् ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५, ५७, ५८ र ५९ मा एकिकृत सम्पत्ति र घरजग्गा वहाल कर, व्यवसायी कर, सिफारिस दस्तुर, व्यक्तिगत घट्ना दर्ता, अन्य प्रशासनिक शुल्कबाट राजश्व संकलन गर्न व्यवस्था रहेको छ । केही स्थानीय तहले नदीजन्य पदार्थ र स्काभेटरको प्रयोगबाट पनि राजश्वस संकलन गर्दै आएका छन् ।

    स्थानीय तहले संकलन गरेको राजश्व विकास निर्माणका कार्यमा खर्च नभई सेवा सुविधा र प्रशासनिकमा वढी खर्च गर्ने गरेको पनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको प्रतिवेदनमा प्रशासनिक खर्च नियन्त्रण गदै प्राप्त अनुदान र राजश्व वाँडफाँडको अधिकतम विकास निर्माण कार्यमा खर्च गर्नको लागि सुझाव पनि दिइएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.