Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » निर्वाचनमा दुई लाख बढी कर्मचारी आवश्यक, २२ हजार ५ सय मतदान केन्द्र हुन सक्ने आङ्कलन

    निर्वाचनमा दुई लाख बढी कर्मचारी आवश्यक, २२ हजार ५ सय मतदान केन्द्र हुन सक्ने आङ्कलन

    By सूचनापाना२८ श्रावण २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन २ लाख ६० हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने भएको छ ।

    SuchanaPana.com

    निर्वाचन आयोगले स्वीकृत गरेको जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार मंसिर ४ मा हुने निर्वाचनका लागि २ लाख ६१ हजार ५ सय ६५ जना जनशक्ति खटिनेछन् । तीन महिनाअघि भएको स्थानीय निर्वाचनमा १ लाख ९६ हजार जनशक्ति परिचालन गरिएको थियो ।

    १ करोड ८२ लाख मतदाता सहभागी हुन सक्ने आउँदो निर्वाचनमा करिब ११ हजार मतदान स्थलमा २२ हजार ५ सय मतदान केन्द्र हुन सक्ने आयोगले आकलन गरेको छ । निर्देशिकाअनुसार पाँच सयसम्म मतदाता भएको एउटा केन्द्रमा ११ जना कर्मचारी खटाउने गरी जनशक्ति व्यवस्थापनको योजना बनाइएको हो ।

    प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी ५, सहयोगी एक, स्वयंसेवक तीन जना खटिनेछन् । पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा थप एक स्वयंसेवक हुनेछन् । एउटा केन्द्रमा स्वयंसेवकसहित सरदर ११ जना खटिँदा निर्वाचन गराउन मात्रै २ लाख ४७ हजार ५ सय जना खटिनेछन् । यसमा मतदान अधिकृत २२ हजार ५ सय, सहायक मतदान अधिकृत २२ हजार ५ सय, सहायक कर्मचारी १ लाख १२ हजार ५ सय, सहयोगी कर्मचारी २२ हजार ५ सय, स्वयंसेवक ६७ हजार ५ सय हुनेछन् ।

    यसबाहेक १ सय ६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय हुनेछ । यी कार्यालयमा कम्तीमा १३ हजार १ सय ६५ कर्मचारी खटिनेछन् । त्यस्तै आयोग र ७७ वटा जिल्ला निर्वाचन कार्यालयमा गरी ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ । मतदाता शिक्षामा खटिने र सुरक्षाकर्मीको संख्या अझै यकिन भएको छैन ।

    आयोगले मतदाता शिक्षाका लागि ४० हजार स्वयंसेवक राख्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको छ । कारागार, सुरक्षा निकाय, वृद्धाश्रममा अस्थायी मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या पनि यकिन भएको छैन । निर्वाचन आयोगले संघ, प्रदेश, स्थानीय तह, सरकारी स्वामित्वमा रहेका कर्मचारी, विश्वविद्यालय, सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई निर्वाचनमा परिचालन गर्न सक्ने गरी जनशक्ति व्यवस्थापन निर्देशिका आयोगले स्वीकृत गरेको हो ।

    गाउँपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा शाखा अधिकृत, शिक्षक र नगरपालिका क्षेत्रको मतदान केन्द्रमा उपसचिव, माध्यमिक तहको शिक्षकलाई मतदान अधिकृतमा खटाउन सक्ने प्रावधान निर्देशिकामा राखिएको छ ।

    ०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हरेक निर्वाचन मतदान केन्द्रमा ९ जना खटिएका थिए । यसपालि बढाएर ११ पुर्‍याइएको हो । यसअघिको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ फरक मतपत्र भए पनि समानुपातिकतर्फ दुवैको मतपत्र एउटैमा समावेश गरी ३ मतपत्रको व्यवस्था थियो । यसपालि प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकको मतपत्र छुट्टाछुट्टै बनाउन लागिएको छ । यसकारण पनि हरेक मतदान केन्द्रमा १–१ जना कर्मचारी थप भएको आयोगका एक अधिकारीले बताएका छन् ।

    आयोगले मतदाता नामावली रुजु गर्न १ जना, मतपत्र दिन चार जना सहायक कर्मचारीको व्यवस्था गरेको छ । यसअघिको निर्वाचनमा सहायक कर्मचारी तीन र स्वयंसेवक दुई जना मात्रै थिए । हरेक मतदान केन्द्रमा कम्तीमा तीन जना स्वयंसेवक हुनेछन्, उनीहरूले मतदाताको तथ्याङ्क राख्ने, नङमा मसी लगाउने र लाइन व्यवस्थापनको काम गर्नेछन् । जनशक्ति व्यवस्थापन गर्न केन्द्रमा निर्वाचन आयुक्त अध्यक्ष रहने केन्द्रीय जनशक्ति व्यवस्थापन समिति गठन हुनेछ ।

    समितिमा निर्वाचन आयोग, गृह, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, आयोगका प्रशासन महाशाखाका सहसचिव सदस्य र प्रशासन शाखाका उपसचिव सदस्यसचिव रहन्छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समिति गठन हुनेछ ।

    यो समितिले जनशक्तिको विवरण तयार गर्ने, कर्मचारीको विवरण निर्वाचन अधिकृतलाई उपलब्ध गराउने लगायतको अधिकार दिइएको छ । प्रमुख जिल्ला अधिकारीलाई कर्मचारी व्यवस्थापनको जिम्मेवारी तोकिएको छ । निर्वाचन सम्पन्न नभएसम्म जिल्लाका कर्मचारीलाई जिल्ला छोड्न रोक्ने अधिकार पनि प्रमुख जिल्ला अधिकारलाई दिएको छ ।

    निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी, गैरसरकारी सङ्घसंस्थामा आबद्ध राष्ट्रिय ट्रेड युनियनका पदाधिकारी र कर्मचारीको नातेदार उम्मेदवार भएको क्षेत्रमा कर्मचारीलाई नखटाइने आयोगले जनाएको छ । त्यस्तै, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ९र९ जना खटिनेछन् । निर्वाचन कार्यालय, निर्वाचन सामग्री राखिएको स्थान, निर्वाचन अधिकृतको कार्यालय र मतपत्र राखिएको स्थानको सुरक्षाका लागि निर्वाचन अवधिभर बढीमा ५र५ जना सुरक्षाकर्मी खटाउन सक्ने व्यवस्था गरिएको छ ।

    आयोगले सुरक्षाको हिसाबले मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा विभाजन गरेको छ । अति संवेदनशील मतदान केन्द्रमा मतदान अधिकृत उपसचिवस्तरकै कर्मचारी खटाइने र संवेदनशीलमा शाखा अधिकृत मतदान अधिकृतको रूपमा खटाउने गरी प्राथमिकता निर्धारण गरिएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.