Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मंसिरमा हुने चुनाबका लागि कांग्रेस रामेछापका २ नेताको उम्मेद्वारी घोषणा

    मंसिरमा हुने चुनाबका लागि कांग्रेस रामेछापका २ नेताको उम्मेद्वारी घोषणा

    By सूचनापाना९ भाद्र २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    मंसिर ४ मा हुने चुनाबमा कांग्रेसका २ नेता चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाई र नेपाली कांग्रेसका नेता झपडराज भण्डारीले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन।

    SuchanaPana.com

    जनताको सेवाको लागि चुनाव लड्छु -चौलागाई

    रामेछाप । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप बाट आफु चुनाव लड्ने बताएका छन् । संघिय संसदको वा प्रदेश सांसद मध्य एकमा आफु चुनाव लड्ने तयारी गरिरहेको नेता चौलागाइले बताएका हुन् ।

    नेता चौलागाई २०४८ साल देवी निरन्तर नेपाली कांग्रेसको राजनीतीमा रहेका छन् । लामो ३१ बर्षको राजनीतिमा खा लाभको पद नलिएका चौलागाईले यस बर्ष पटक भने संघ वा प्रदेश संसदको रुपमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । नेता चौलागाईले भने संघ र प्रदेश मध्य एकमा मेरो उम्मेदवारी रहन्छ कुनमा रहन्छ भन्ने अहिले टुंगो लागेको छैन अब छिटै टुंगो लाग्छ । तर यस पटक आफ्नो उम्मेदवारी रहने र पार्टीले पनी साथ दिने चौलागाईले बताए ।

    २०४८ सालदेखि लगातार जिल्लाको राजनीतिक संगै सामाजिक यात्राको सारथिको रुपमा आफ्नो पहिचान बनाएका नेता चौलागाई आफ्नो निरन्तर प्रयास र कर्मकै कारण आम जिल्लाबासिको आशा र भरोसाको केन्द्र बन्न सफल भएको कांग्रेसका नेता तथा कार्यकर्ताहरुलेनै बताउने गरेका छन् ।

    चौलागाँईले भने “मेरो राजनितिक या सामाजिक यात्राका क्रममा कसैलाई सहयोग गर्नु पर्दा मैलै कैलै पनि तेरो र मेरो भनिन , नजिक र पराया भनिन । कांग्रेस र कम्युनिस्ट पनि भनिन । कसैलाई समस्या पर्दा हरेक नागरिकको सुख दु:खमा निस्वार्थ रुपमा साथ दिदै आएको छु । पार्टिगत रुपमा पनि दिएको जिम्मेवारी पुरा गर्नै कुरामा म कैले पनि चुकेको छैन ।

    आफुले रोजेको समाज सेवा र राजनिति यात्रा संगै निति निर्माण गर्नै तहमा पुग्न सकियो भने मात्र त्यसले पुर्णता पाउँने र त्यो भनेको संसदनै हो । भन्ने बुझाईका साथ मैले यस पटकको निर्वाचनमा संघिय संसद वा रामेछापको प्रदेश ‘ख’को उम्मेदवारी दावि गर्ने निर्णय गरेको चौलागाईले बताए ।

    कृयाशिलताका कारण सिङ्गो जिल्ला संगै मेरो क्षेत्रका अधिकाँश नागरिकहरु संग मेरो सिधा चिनजान भएकोले पनि आफ्ना लागि निर्वाचन सहज भएको चौलागाईको दावी रहेको छ ।

    राजधानीबाट नजिक भएर पनि विकासमा पिछडिएको रामेछापको समृद्धिका लागि गर्नु पर्ने धेरै काम भएको र त्यसको समाधानका लागि संसदमानै पुग्नु पर्ने भएकोले आफुले यस पटक निर्वाचनमा संसदमा दावेदारी प्रस्तुत गर्न लागेको हुँ चौलागाईले भने ।

    हुन त कांग्रेस पार्टि बाट निर्वाचनमा टिकट दावी गर्ने संघ र प्रदेशका आकांक्षीहरूमा कुनै कमी छैन । त्यस बारेमा पुर्ण रुपमा जानकार रहेका चौलागाई भन्छन् “पार्टीमा टिकटका आकांक्षी म मात्र होइन, दर्जनौ साथीहरु छन् । तर पार्टीले मेरो सक्रियताका आधारमा हाल सम्मको पार्टि भित्रको गतिबिधिहरुको मुल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास लागेको छ ।

    चौलागाँईले जिल्लामा गरेको नियमित योगदानका आधारमा उम्मेदवारी दावी गर्नु स्वभाविक रहेको कार्यकर्ताहरुको बुझाई रहेको छ । २०२६ साल भदौ ८ मा रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा जन्मेका चौलागाई नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य हुदै तेह्रौं र चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बने उनले चौधौं महाधिवेशनमा भने सर्वाधिक दोस्रो मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

    नेता चौलागाईले रामेछापका झण्डै १ सय २० भन्दा बढी बिद्यालयका २० हजार भन्दा बढी बिद्यार्थीहरुलाई कापीकलम र पोशाक बितरण गर्नका साथै जिल्लामा शब बहान समेत बितरण गरेका छन् । पार्टी नेता कार्यकर्ता तथा रामेछापका नागरिकलाई समस्या पर्दा नेता चौलागाई साथ र सहयोग गदै समाजसेवी नेताको रुपमा जिल्लामा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

    मंसिर ४ को चुनाबमा मेरो उम्मेद्वारी रहन्छ-झपडराज

     नेपाली कांग्रेसका नेता झपडराज भण्डारीले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । भण्डारीले अब मंसिर ४ गते हुने संघिय संसद वा प्रदेश संसदमा आफ्नु उम्मेदवारी रहने बताएका छन् ।

    जिल्लाको राजनितिमा लामो योगदान रहेको भन्दै पार्टीको नेताले आफुलाई यस पटन न्याय दिनेमा आफु बिश्वस्त रहेको बताएका छन् । सरल र मिलनसा र त्यागी नेताको रुपमा जिल्लामा पहिचान बनाउन सफल नेता भण्डारी नेपाली कांग्रेस रामेछापका हाल महाधिबेसन प्रतिनिधी समेत रहेका छन् । बि.स २०११ सालमा साविक प्रिति गाउँविकास समिती ४ मा जन्मियका भण्डारी २०३६ साल देखी निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर काम गरिरहेका छन् ।

    राजनीती बाहेक कुनै पेशा व्यवसायमा नलागी जिल्लाको राजनीतीमा ४३ वर्ष बिताएको भण्डारीले बताए । भण्डारी आफु २०३६ सालको जनमत संग्रह देखी सक्रिय राजनीतीमा लागेको बताउछन् । २०४६ सालको आन्दोलनमा ७ दिन २०६२/०६३ को आन्दोलनमा पहिलो पटक ९० दिन र दोस्रो पटक १९ दिन गरी १ सय १६ दिन प्रहरी हिरासतमा समेत रहेको बताए । कांग्रेसको राजनीतीमा लागेको भन्दै तत्कालीन नेकपा माओवादीले २०६२ साल असोज २६ गते घर जग्गा कब्जा गर्दा समेत निरन्तर राजनीतिमा लागेको भण्डारी बताउछन् ।

    ्नेता भण्डारी २०४८ सालको गाउँ विकास समितीको अध्यक्ष हुदै रामेछाप क्षेत्र न १ को क्षेत्रिय सभापती जिल्ला कार्यसमिती सदस्य जिल्ला उपसभापती र कार्यबहाक सभापती हुदै महाधिबेशन प्रतिनिधी समेत भइ सकेका छन् । भण्डारी आफु पार्टीको राजनीतीमा लामो समय लागेको कारण जिल्लाको नेता तथा कार्यकर्ताको साथ र सर्मथन रहेको जिल्लाको समग्र विकास निमित आफ्नो उमेरद्वारी रहने बताएका छन् । भण्डारीले भने मेरो उम्मेदवारी संघमा वा प्रदेशमा कुनमा हुन्छ अहिले भन्न नसके पनी संघ र प्रदेश मध्य एकमा रहने बताएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.