Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चोरी तस्करी बढेपछि रुपन्देहीको फरेनिया बजार बन्द

    चोरी तस्करी बढेपछि रुपन्देहीको फरेनिया बजार बन्द

    By सूचनापाना१० भाद्र २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । भारतसँग जोडिएका रुपन्देहीका दक्षिणी सीमा क्षेत्रमा चोरी निकासी बढेपछि रुपन्देही प्रशासनले फरेनिया नाकामा लाग्ने हाटबजार बन्द गराएको छ । बजार गर्न जाने नेपाली तथा भारतीयले अवैध रूपमा मालसामान चोरी निकासी गर्ने गरेको पाएपछि प्रशासनले उक्त हाटबजार बन्द गराएको हो ।

    SuchanaPana.com

    भारतसँग जोडिएका रुपन्देहीका सीमा क्षेत्रमा अवैध रूपमा चोरी तस्करी बढेको समाचार सार्वजनिक भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले दसैँ, तिहार, छठ पर्वसम्म बजार लगाउन रोक्ने निर्णय गरेको हो । यो समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी छन् ।

    केही दिन अघि भैरहवाका उद्योगी व्यवसायीहरूको क्रियाशील संस्था सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही र उद्योग व्यापार सङ्गठन रुपन्देहीले पत्रकार सम्मेलन गरेर भैरहवा तथा यस आसपास सीमावर्ती क्षेत्रमा लाग्ने बजार तथा त्यस क्षेत्रबाट हुँदै आएको चोरी निकासीबाट आफूहरूको व्यापार प्रभावित भएको गुनासो गरेका थिए । गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यो समस्यालाई समाधान गर्ने प्रयास गरेको हो ।

    यसैगरी समितिले मालसामान चोरी निकासी हुने शङ्कास्पद स्थान पहिचान गरी भन्सार कार्यालयको गस्ती परिचालनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, सुरक्षा निकायहरूले भारतीय सीमा नाकामा हुन सक्ने चोरी पैठारीको उच्च जोखिम भएका स्थानहरूमा प्रभावकारी रूपमा नियमित एवं आकस्मिक गस्ती परिचालन गर्ने निर्णय गरिएको समितिका सदस्यसचिव ज्ञानेन्द्रराज ढकालले जानकारी दिए ।

    साथै राजस्व अनुसन्धान कार्यालयमार्फत सुराकी समेत परिचालन गरी अनुसन्धान कार्यलाई थप विस्तार गरी मालवस्तुहरु चोरी निकासी हुनबाट रोक्ने निर्णय समितिले गरेको उनले बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.