काठमाडौं – कैलालीमा प्रहरीकै अगाडिबाट एक युवक हतकडीसहित फरार भएका छन्। जिल्लाको जोशीपुर गाउँपालिका(४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरी हतकडीसहित फरार भएका हुन्।
शंकरलाई आजै प्रहरीले कुटपिटको आरोपमा समातेको थियो। उनले आफ्नै पितामाथि कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो। ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर भागेको जनाएको छ।
फरार भएका शंकरको खोजीका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
