Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बरामद गरेको ‘अवैध’ चिनी गायब पारिएपछि विवादमा कैलाली प्रहरी

    बरामद गरेको ‘अवैध’ चिनी गायब पारिएपछि विवादमा कैलाली प्रहरी

    By सूचनापाना१५ भाद्र २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    धनगढी । भारतबाट अवैध रुपमा भित्राइएको भन्दै बरामद गरिएको ९ क्वीन्टल चिनी गायब पारिएपछि कैलाली प्रहरी विवादित बनेको छ। रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले कैलाली प्रहरी विवादमा तानिएको हो।

    SuchanaPana.com

    भदौ ८ गते राति जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले तस्करीको चिनी भन्दै नियन्त्रणमा लिएको थियो। धनगढीको मुख्य बजार क्षेत्रबाटै अटोमा तस्करी हुन लागेको १८ कट्ठा अर्थात ९ क्विन्टल चिनी प्रहरीले नियन्त्रणमा लिएकोमा उक्त चिनी तस्करलाई फिर्ता गरेको आरोप कैलाली प्रहरीले खेपिरहेको छ।

    ‘प्रहरीले नियन्त्रणमा लिएको चिनी र अटोलाई भन्सारमा बुझाउनु पर्ने हो,’ एक प्रहरी अधिकारीले भने, ‘तर तस्करीमा प्रयोग भएको अटो र चिनीलाई प्रहरीले सहजै छोडेको छ।’ धनगढीको बङ्ग्राकटान, गौरीकटान, जिल्ला कारागार पछाडि लगायतका स्थानबाट तस्करी हुँदा पनि प्रहरी आर्थिक लाभ लिएर चुप लागेको दाबी ती अधिकारीको छ।

    स्रोतकाअनुसार प्रहरीले बरामद गरेको चिनी भारतीय मूलका गुप्ता थरका एक जना व्यापारीको हो। सई नेतृत्वको टोलीले बरामद गरेको चिनी जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरको निर्देशनमा उनै गुप्तालाई फिर्ता गरिएको स्रोतको दाबी छ।

    ९ क्विन्टल चिनी रातारात गायब भएकोबारे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले बरामद गरिएको चिनीको सम्बन्धमा कैलालीका एसपी सोमेन्द्रसिंह राठौरसँग मौखिक जबाफ माग गरेका छन्।

    अवैध रुपमा ल्याउँदै गरेको चिनी बरामद गरेको भए भन्सार कार्यालयमा बुझाउनुपर्ने बताउँदै उनले त्यसो नगरिएको भेटिए दोषीमाथि कारबाही गरिने बताए।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.