सिन्धुपाल्चोक । पिस्करमा ढुङ्गाले लागेर मृत्यु भएका १८ वर्षीय अमित थामीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ४ मा बाढी र पहिरोको कारण खसेको ढुङ्गाले लाग्दा मृत्यु भएका थामीको परिवारलाइ कांग्रेसले तत्काल राहत स्वरुप नगद १ लाख ६ हजार रुपैयाँ, लत्ताकपडा, खाद्यान्न र भाडाकुडा सहयोग गरेको हो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत र पार्टीका अन्य नेताहरुको उपस्थितिमा थामी परिवारलाई सो सहयोग हस्तानतरण गरिएको हो ।



तस्विर : सुबेस थापाको फेसबुकबाट
