Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अवैध लागूऔषधसहित ११ जना पक्राउ  

    अवैध लागूऔषधसहित ११ जना पक्राउ  

    By सूचनापाना२६ भाद्र २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    SuchanaPana.com

    झापाको मेचीनगर नगरपालिका–६ स्थित सडकबाट एक ग्राम खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३७ वर्षीय युशुफ सुब्वा लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

    इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

    धनुषाको मिथिला बिहारी नगरपालिका–२ बस्ने २१ वर्षीय शिव महरालाई नियन्त्रित लागूऔषधसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

    उनको साथबाट स्पास्मो ४६ ट्याब्लेट, एन्टीकप १८ ट्याब्लेट, प्रि वेल ९५ ट्याब्लेट, सुनको मंगलसुत्र १ थान, चाँदीका विभिन्न सरसामान र नगद ७४ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । 

    प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध, सामानहरू र नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ हिलेखालीबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ डेरा गरी बस्ने दैलेख घर भएका ३१ वर्षीय रबिन शाहीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

    धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेबाट ९ केजी गाँजासहित गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ३० वर्षीय ललित तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  

    विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले प्र.३–०२–०११ प ४९३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछ एवं अनुसन्धानको क्रममा घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

    सुनसरीको धरान उपमहानगरपालिका–१५ आडा लाइनबाट १ ग्राम ५ सय  मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३२ वर्षीय निश्चल बुढाथोकीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

    १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

    मोरङको पथरीशनिश्चरे नगरपालिका–९ जिरी टोलबाट ६ सय मिलिग्राम ब्राउनसुगर,  नियन्त्रित लागूऔषध ट्रामाडोल ४८ चक्की र स्पासपेन ८५ चक्की सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मिलन बहादुर भण्डारी र २० वर्षीय अभिशेक लिम्बु रहेका छन् । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसी ६१ बोतल सहित भारत घर भएकी ३५ वर्षीया उमा देवी धानुकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.