Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तनहुँमा २ बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई १९ वर्ष कैद

    तनहुँमा २ बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई १९ वर्ष कैद

    By सूचनापाना३० भाद्र २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दमौली । तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ ।

    SuchanaPana.com

    तनहुँ जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एकरएक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।

    जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको बुधबारको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए ।

    दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने गौतमले बताए ।

    उक्त फैसलाअनुसार तामाङ २५ वर्ष कैद बस्नुपर्ने हुन्छ । तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए ।

    उजुरीपश्चात् प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो । तामाङ जिल्ला अदालतको आदेशमा विसं २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.