Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धानमा पाँच करोड खर्च हुने

    कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धानमा पाँच करोड खर्च हुने

    By सूचनापाना२ आश्विन २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पोखरा । गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालको घरेलु मदिरा कोदोको रक्सीमा अनुसन्धान गरिरहेको छ । कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान थालिएको हो । कोदोबाट बन्ने रक्सीजन्य पदार्थबारे विज्ञ समूहले अनुसन्धान थालेको हो । अनुसन्धान केन्द्र निर्देशक प्रा.डा. देवप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्यीय विज्ञ टोलीले अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ ।

    SuchanaPana.com

    विश्वविद्यालयले कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट रक्सी संकलन गरेर गुणस्तर मापन गरेको छ । ल्याव रिपोर्टले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसारको पेय पदार्थ भए यसलाई ब्रान्डिङ गर्ने विश्वविद्यालयले जनाएको छ ।

    ‘कोदोको मदिराजन्य अनुसन्धानले नेपाललाई नै समृद्ध बनाउने तथ्य बाहिर ल्याउँछ भन्ने हाम्रो विश्वास छ,’ कार्यदलका संयोजक पाण्डे भन्छन्, ‘अनुसन्धानले कोदोको मदिराजन्य पदार्थ उत्पादनमा नयाँ रहस्य पक्कै आउँछ । यसबाट विदेशी ब्रान्डका रक्सीको आयात घटाउँदै देशलाइ समृद्ध बनाउने आधार तयार हुनेछ । कोदोको रक्सीलाई ब्रान्डिङ गरेर त्यसको प्याटेन्ट राइटसमेत नेपालको हुनेछ ।’

    विदेशबाट महँगा रक्सी नेपालमा आयात हुँदा अर्वौं रुपैयाँ बाहिरिएको छ । कोदोको रक्सी स्वादमा पनि फरक भएकोले यसलाई ब्रान्डिङ गर्नुपर्ने आवाज सर्वत्र छ । गण्डकी प्रदेशसभामा बोल्ने सांसदहरूले पनि कोदोको रक्सीलाई वैध बनाउनुपर्ने आवाज उठाएका थिए । रक्सीको अनुसन्धानमा पाँच करोड खर्च हुने बताइएको छ ।

    विश्वविद्यालयले प्रत्येक जिल्लाका ८५ वटा नमुना संकलन गरेको छ । परम्परागत रूपमा मदिरा उत्पादन गर्ने चार सय २५ घरको नमुना संकलन भएको पाण्डेले जानकारी दिए । उक्त मदिरा उत्पादन प्रक्रिया समेत मसिनो गरी अनुसन्धान गरिएको छ । खाद्य प्रविधि विभागमा एक वर्ष लगाएर रक्सीको इथानल, मिथानल र आर्सेनिकसहित विभिन्न सूचक हेरिएको छ । केही नमुनामा विषाक्त तत्व भेटिए पनि सबैमा त्यस्तो नभएको उनले बताए ।

    ‘मानिसको जीवनसँग जोडिएको रिसर्च भएकाले यसको अनुसन्धानले केही समय लिन्छ नै । केही नमुनामा मिथानल भेटिएको छ, यसले मानव स्थास्थ्यमा असर गर्छ,’ उनले भने, ‘अब मर्चाको पनि अन्तिम रिपोर्ट आउने तयारीमा छ । अल्कोहल र मर्चा पछि हामी कोदोको उत्पादनको विषयमा समेत अनुसन्धान गर्छौं ।’

    गण्डकी विश्वविद्यालयले केही समयअघि अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशाला गरेको थियो । बेलायत, कोरिया, अमेरिकालगायत देशका विज्ञहरू सहभागी थिए । घरेलु रक्सी उत्पादनलाई गैरकानुनी मानिँदै आएकोमा पछिल्लो वर्षमा यसको ब्रान्डिङबारे बहस हुन थालेको हो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.