Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » विपद्को कहरः पाँच महिनामा २०३ जनाको मृत्यु, ९६ करोड क्षति

    विपद्को कहरः पाँच महिनामा २०३ जनाको मृत्यु, ९६ करोड क्षति

    By सूचनापाना२ आश्विन २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । पछिल्लो पाँच महिनामा विपद्का घटनामा परी देशभर २०३ जनाको मृत्यु भएको छ । सोही अवधिमा विपद्का घटनाले ९६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ ।

    SuchanaPana.com

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उक्त जनधनको क्षति भएको हो ।

    सो अवधिमा रेकर्डमा आएका १ हजार ७०९ वटा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, १७ जना बेपत्ता र ४८८ जना घाइते भएका छन् । यस वर्ष विपद्का घटनाबाट २ हजार १८५ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

    सबैभन्दा बढी घटना आगलागीका

    प्राधिकरणका अनुसार बितेको पाँच महिनामा विपद्मध्ये सबैभन्दा बढी आगलागीका घटना रेकर्ड भएका छन् ।

    उक्त अवधिमा ८३३ वटा आगालगीका घटना भएका थिए । यस्तै पहिरोका २२८, बाढीका ३७, डुंगा दुर्घटना ३, चट्याङ्का २ सय, सर्पदंश २१, भारीवर्षाका १०६, हुरी बतासका ९५, भूकम्पका ५, जनावर आक्रमणका १२८ र वन डढेंलोका ५३ घटना यस वर्ष रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।

    चट्याङबाट सबैभन्दा बढीको मृत्यु

    यसवर्ष विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । हालसम्म चट्याङ लागेर ६६ जनाको मृत्यु भइसकेको छ ।

    प्राधिकरणका अनुसार यसवर्ष पहिरोमा परी ५० जना, बाढीमा परी १३, डुंगा दुर्घटनामा १, सर्पको टोकाइबाट १७ र आगलागीका घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

    यस्तै भारी वर्षाका कारण ५, हुरी बतासका कारण ९, जनावरको आक्रमणका परी २० र वन डढेंलोमा परी १ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।

    यस वर्ष पहिरोमा परी ५ जना, बाढीमा परी ११ र डुंगा दुर्घटनामा १ जना गरी कुल १७ जना बेपत्ता भएका छन् ।

    आगलागीका घटनाबाट सबैभन्दा बढी आर्थिक क्षति

    पछिल्लो पाँच महिनामा विपद्का घटनाबाट ९६ करोड १४ लाख १७ हजार ४३५ रुपैयाँ बराबरको आर्थिक क्षति राज्यले व्यहोरेको छ ।

    सो अवधिमा सबैभन्दा बढी क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको पाँच महिनामा ८१ करोड ३८ लाख १७ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

    प्राधिकरणका अनुसार उक्त समयमा पहिरोले ६ करोड ७९ लाख ५१ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३३ लाख ३२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ५ लाख ७० हजार १७५ रुपैयाँ, हुरी बतासबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पबाट ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३८ लाख ७७ हजार ६ सय रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बारबरको आर्थिक क्षति गरेको छ ।

    अघिल्लो वर्षको तुलनामा कम क्षति

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाले कम जनधनको क्षति गरेको छ ।

    अघिल्लो वर्ष अर्थात २०७८ वैशाख १ गतेदेखि भदौ मसान्तसम्मको पाँच महिनाको अवधिमा देशभर १ हजार ७९६ वटा विपद्का घटना रेकर्ड भएका थिए ।

    गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार ती घटनामा गत वर्ष २४८ जनाको मृत्यु, ४३ जना बेपत्ता र ४८८ जना घाइत भएका थिए । सो अवधिमा २ हजार ४०२ परिवार विपद्का घटनाबाट प्रभावित भएका थिए ।

    गत वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाबाट १ अर्ब १ करोड ८ लाख ८८ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.