काठमाडौं – पछिल्लो समय अचाक्ली आकाशिएको खाने तेलको मुल्य घटेको छ ।सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्य घटेको हाे ।
तेलका होलसेल व्यापारीका अुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्य हाे ।
सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको हो ।
एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४५ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।
