काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २(ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यका उम्मेदवारले जीत हात पारेका छन् । जनमतपार्टीका महेश प्रसाद यादव सो क्षेत्रबाट विजयी भएका छन् । योसँगै जनमत पार्टीले जितको खाता खुलेको छ ।
यादवले १३ हजार ३२५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा रोकिए ।
