झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन् ।
लगातार अग्रता कायमै राखेका लिङ्देनले अहिले मतान्तर बढाएका हुन् । लिङ्देनले सिटौलासँग एक हजार ८२५ को मतान्तर बनाएका हुन् । लिङ्देनले ७ हजार ५० मत ल्याउँदा सिटौलाले ५ हजार २२७ मत ल्याएका छन् ।
अहिलेसम्म १३ हजार ८८३ मतगणना भइसकेको छ।
