रामेछाप । रामेछाप नगरपालिका वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले मौन अवधिको धज्जी उडाउँदै आफूलाई पैसा दिएको एक मतदाता कृष्णबहादुर कामीले बताएका छन् । आउदो ३० गते हुने स्थानिय निर्वाचनमा सुर्य चिन्हमा मतदान गर्नु भन्दै एमालेले पैसा दिएको उनले बताएका छन् । एमालेले रामेछाप नगरपालिका वडा नं. ८ का कृष्णबहादुर लाई तरकारी किनेर खानु अनि सुर्यमा भोट हाल्नु भन्दै १ हजार ५ सय पैसा दिएका थिए ।
तरकारी किने खानुस् र भोट चाँही सुर्य चिन्हमा हाल्नुस् भन्दै मौन अवधिमै मत किन्दै हिड्नु आचारसंहिता बिरोधी भएको नेपाली कांग्रेस रामेछाप नगरपालिका वडा नं. ८ का ईकाई उप-सभापती तिर्थ तमाङ बताउछन् । उनले भने निर्वाचनमा आफ्नो पार्टी हार्छ भनेर एमाले पैसा बाँढ्दै हिँडेको छ । पैसा बाँड्ने व्यक्ती तत्काल प्रहरीचौकीमा उपस्थित नभए हामी पानीमुनी गए पनि छाड्दैनौँ ।