Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न महानगर प्रहरिको निर्देशन

    लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न महानगर प्रहरिको निर्देशन

    By सूचनापाना२३ चैत्र २०७९, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधबार त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न निर्र्देशन दियो । महानगर प्रहरीले निर्देशन दिएपछि लोक संस्कृति अभियन्ता, बाजा संरक्षकहरुले विरोध गरेका छन् ।

    SuchanaPana.com

    महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले अभद्र शैलीमा संग्रहालय हटाउन धम्क्याएको संग्रहालयका अध्यक्ष राम कँडेलले बताए ।

    महानगर प्रहरीले फुटपाथ पसलेलाई जस्तो अहिले उठेर गइहाल भन्ने शैलीमा धम्की दिएको उनले गुनासो गरे । ‘उहाँहरु आउनुभयो, भोलिसम्म खाली नगरे बाजा निकालिदिने भन्दै थर्काउनुभयो, त्यसपछि हामीले सबैलाई खबर गरेका हौं, तर आज कोही आउनुभएको छैन’, कँडेलले भने ।

    त्रिपुरेश्वरको जग्गा र सत्तल २०६४ सालमा गुठी संस्थानले संग्रहालयलाई लिजमा दिएको थियो । त्यति बेलादेखि नै संग्रहालय त्यहीँ बसिरहेको छ ।

    काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले महानगर प्रहरीले गुठी संस्थानको चिठीको आधारमा संरचना खाली गर्न गएको बताए । ‘हामीलाई संस्थानले बाजा संग्रहालय खाली गरिदिन सहयोग मागेको हो, संग्रहालयको अवस्था जीर्ण भएकाले हामीले पनि तत्काल नै खाली गरिदिन अनुरोध गरेका हौं तर उहाँहरु मान्नुभएन’ उनले भने ।

    गुठी संस्थानले यो ठाउँ २०७१ सालमा काठमाडौं विश्वविद्यालयलाई संरचना बनाउन लिजमा दिएको थियो । तर संग्रहालयले आफूलाई जानकारी नदिई लिजमा दिएको भनेर असन्तुष्टि जनाएपछि २०७४ देखि गुठी संस्थानसँग विवाद सुरु भएको थियो ।

    मासिक ६ हजार भाडा बुझाएर संस्थानमा बसिरहेको बाजा संग्रहालयलाई गुठीले अर्को संरचना उपलब्ध गराए पनि संग्रहालय त्यहीँ बस्न खोजेकाले खाली गराउन महानगर प्रहरीको सहयोग लिएको संस्थानका एक अधिकारीले बताए ।

    ‘उहाँहरुलाई टेकु छेउमा रहेको लक्ष्मीश्वर मन्दिरको सत्तलमा सर्नुस् भन्दा मान्नु हुँदैैन, अनि गुठी संस्थानले अरुलाई लिजमा दिइसकेको स्थानमा उहाँहरुलाई राख्न पनि भएन नि । हामीले पटक पटक भन्दा अटेर गरेपछि महानगर प्रहरीसँग सहयोग मागेका हौं,’ संस्थानका ती अधिकारीले भने ।

    संस्थानका ती पदाधिकारीका अनुसार अहिले बाजा संग्रहालय रहेको भवन अत्यन्तै जीर्ण छ र सानोतिनो भूकम्प आउँदा पनि दुर्घटना हुनसक्ने जोखिम छ । बाजा संग्रालयका अध्यक्ष कँडेल भने भवन प्रबलीकरण गर्न सकिने बताउँछन् । उनले गुठी संस्थानले उपयुक्त विकल्प दिए सर्न तयार रहेको बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.