Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मेलम्ची नगरपालिकाले सार्वजनिक गर्‍यो एक वर्षे उपलब्धि

    मेलम्ची नगरपालिकाले सार्वजनिक गर्‍यो एक वर्षे उपलब्धि

    By सूचनापाना८ जेष्ठ २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाले कार्यकालको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन मार्फत उपलब्धि र आगामी योजनाहरूको सार्वजनिकीकरण गरेको हो ।

    SuchanaPana.com

    मेलम्ची नगरपालिकाले पहिलो प्राथामिकतामा भौतिक पूर्वाधारको निर्माणलाई राखेको छ । नगरप्रमुख आइतमान तामाङले आय आर्जन र रोजगारी सिर्जना, शिक्षा ,स्वास्थ्य जस्ता स्थानीयको आधारभूत आवश्यकता पुरा गर्न पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिए ।

    १७ किलोमिटर सडक ग्राभेल, ५ किलोमिटर नयाँ सडकको ट्र्याक, ३ किलोमिटर सडक सोलिङ लगायतका कामहरू एक वर्षको अवधिमा गरिएको नगरप्रमुख तमाङले बताए ।

    आगामी वर्ष देखि सबै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तोन्नती गरिने नगरप्रमुख तामाङले बताए । पर्याप्त बजेट नहुँदा सोचेजस्तो कामहरू गर्न नसकिएको र आगामी वर्ष देखिने गरेर धेरै कामहरूको योजना अगाडि सारिएको नगरप्रमुख तामाङले भने । उनका अनुसार अहिले पनि सम्पन्न भएका मध्ये ६० प्रतिशत कामहरू गर्व गर्न लायक छन् ।

    गुफाडाँडालाई विशेष पर्यटकीय स्थलको रूपमा अगाडि बढाउन नगरपालिकाले सम्भाव्यता अध्ययन गरेर बजेटमा प्राथामिकतामा राखेको पनि तामाङले जानकारी दिए । पर्यटन क्षेत्र आगामी वर्षको पहिलो प्राथामिकता हुने तामाङले बताए ।

    धौले मन्दिर , भोटेचौर एकीकृत पर्यटन गन्तव्य लगायतका पर्यटकीय स्थलहरू पालिकाको पर्यटकीय योजनाको रूपमा विकास गरिने नगरपालिकाकी उपमेयर उमा प्रधानले बताईन ।

    विद्यार्थीहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि पालिकाले ३ वटा सामुदायिक विद्यालयमा कृषि कार्यक्रमको सुरुवात गरेको छ । त्यस्तै तिन वटा विद्यालयहरूबाट यो वर्ष देखि ‘स्कुल अफ हर्टिकल्चर’ कार्यक्रमको पनि नगरपालिकाले सुरुवात गरेको छ ।

    सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूलाई आकर्षित गर्नका लागि नगरले ८ सम्मका विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्थापन गरेको छ । त्यस्तै प्रधानाध्यापकहरुलाई प्रोत्साहनका लागि प्रअ हरुको मासिक भत्ताको रकममा समेत वृद्धि गरिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए।

    नगरले गर्भवती महिलाहरूलाई बर्थीङ सेन्टर मार्फत नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले बर्थीङ सेन्टर सम्म आउनका लागि निःशुल्क एम्बुलेन्स सेवाको सुरुवात गरेको छ ।एक वर्षको अवधिमा २ सय ९१ जना गर्भवती महिलाहरूले बर्थीङ सेन्टरमा आएर सुत्केरी गराएको र उनीहरू सबैले एम्बुलेन्स सेवा नगरले बताएको छ । नगर भित्रका बर्थीङ सेन्टरमा सुत्केरी हुन नसकेको १८ गर्भवती महिलालाई काठमाडौँसम्म लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको समेत पालिकाले जनाएको छ ।

    परिवारको खुसीमा सासू बुहारीको भूमिका नै हुने भएकाले सासू बुहारीको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले मेलम्ची नगरपालिकाले सासूबुहारी सम्मान को नयाँ कार्यक्रम अगाडि सारेको छ ।  मापदण्डको आधारमा वडाबाट सिफारिस भएका १३ जोडी सासूबुहारीहरुलाई यो वर्ष सम्मान गरिएको छ ।

    मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखा तथा प्रतिवेदनमा शत प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गर्दै पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

    स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याकंनमा मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.