Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » एकताले मात्र पार्टी र सङ्गठन जोगाउँछ : आनन्दकुमार श्रेष्ठ

    एकताले मात्र पार्टी र सङ्गठन जोगाउँछ : आनन्दकुमार श्रेष्ठ

    By सूचनापाना८ चैत्र २०८१, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले एकताले मात्र पार्टी र सङ्गठन जोगाउने बताए ।
    मानव अधिकार एलायन्स नेपाल रामेछापले शुक्रवार साँझ एलायन्सका केन्द्र र प्रदेश, गैरसरकारी संस्था महासङ्घ केन्द्रमा जिल्लाबाट निर्वाचित सदस्यहरू, स्ववियु निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट निर्वाचित पदाधिकारी तथा सदस्य, जिल्लाका विभिन्न सरकारी निकायमा मनोनीत भएकाको सम्मानमा मन्थलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी र सङ्गठन सङ्कटमा परेको बेला सतिसाल जस्तै उभिने नेता, कार्यकर्ता मात्र पार्टीको सिपाही हुने बताए ।
    व्यक्तिगत स्वार्थ बोकेर पार्टी र सङ्गठनका निश्चित पद र प्रतिष्ठालाई टार्गेट बनाएर पार्टीमा लाग्नेहरूबाट पार्टीको हित नहुने उनले बताए । ‘पार्टीमा बसेर पार्टीलाई नै कमजोर बनाउन लाग्ने, पार्टीकै नेताहरू विरुद्ध अफवाह फैलाउने, गलत सूचना दिएर पार्टीलाई गलत बाटोमा लैजानेसँग सतर्क र सचेत हुनुपर्छ, पार्टीमा गलत काम गर्नेलाई समयले दण्ड दिने छ’, उनले भने ।
    श्रेष्ठले आज पार्टी, राज्य र व्यवस्था माथि नै आक्रमण भइरहेको हुनाले यसको एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताए । यस्तो बेलामा पार्टी भित्र आन्तरिक आरोप प्रत्यारोपमा लागेर पार्टीलाई कमजोर बनाउन काममा लाग्नु नहुनेमा उनले जोड दिए ।
    समाजमा अराजकता र अस्थिरताको खेती भइरहेको बताउँदै उनले यसलाई चिरेर समाज रूपान्तरणको अभियानमा लाग्न पर्नेमा जोड दिए । यसो गर्दा धेरै चुनौती आउने बताउँदै उनले ती चुनौतीसँग जुध्ने कार्यकर्ता मात्र खारिएर नेता बन्ने स्पष्ट पारे ।
    श्रेष्ठले सत्यको धरातलमा उभिएर तथ्यलाई टेकेर अघि बढ्दा केही समय अवरोध आउने भए पनि ती अवरोध बिस्तारै हट्दै जाने बताए । तथ्यमा टेकेर एकताबद्ध भई अघि बढ्दा जस्तासुकै षडयन्त्रलाई पनि परास्त गर्न सकिने उनको धारणा छ ।
    कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले पार्टी र सङ्गठनका नेताहरूको काम व्यक्ति केन्द्रित होइन जनामा केन्द्रित हुनु पर्ने बताए । जनता र समाजको पक्षमा काम गर्दा मात्र पार्टी र सङ्गठनको सीर उच्चो राख्न सकिने उनको धारणा छ ।
    कार्यक्रममा पार्टीका नेताहरूको साथै विभिन्न जनसङ्गठन, पेसागत सङ्गठन लगायतका सङ्गठनहरूका नेताहरूको सहभागिता रहेको थियो ।

    SuchanaPana.com

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.