Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा

    विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा

    By सूचनापाना७ असार २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ ।

    SuchanaPana.com

    आँबुखैरेनी गाउँपालिका–५ लाम्दिकी मुना गुरुङ विद्यालय जान बिहान ७.३० बजे नै घरबाट निस्किनुहुन्छ । गुरुङलाई विद्यालय पुग्न साँढे दुई घण्टा समय लाग्छ । सबेरै नहिँडे विद्यालय पुग्न असम्भव छ । कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ दैनिक पाँच घण्टा विद्यालय आउजाउ गर्न खर्चिनु हुन्छ ।

    बिहान साँढे दुई घण्टा र विद्यालयबाट घर फर्किन साँढे दुई घण्टाको यात्रा गर्नुपर्ने गुरुङको बाध्यता छ । ‘बिहानै हिँडेर विद्यालय जाने र फर्किने गर्दा पाँच घण्टाको यात्रा गर्नुपर्ने हुन्छ, बेलुका घर फर्किँदा त रातै पर्छ,’ गुरुङले भने । दैनिक यसरी हिँड्दा खुट्टा दुख्नुका साथै अध्ययनमा पनि समस्या हुँदै आएको उनको भनाइ थियो ।

    सोही कक्षामा अध्ययनरत लाम्दिको तल्लो भेगका विजय गुरुङ पनि दैनिक विद्यालय आउजाउ गर्न पाँच घण्टा हिँड्छन्। बिहानै साथीभाइसँग पैदल यात्रा गरेपछि करिब साँढे दुई घण्टापछि उनी विद्यालय पुग्छन् । उनले भने, ‘हाम्रो घरबाट विद्यालय पुग्न साँढे दुई घण्टा लाग्छ । साथीहरूसँग हिँडेरै विद्यालय जाने आउने गरेका छौँ ।’

    कक्षा ८ मा अध्ययनरत सोही ठाउँकै गुनबहादुर गुरुङको दैनिकी पनि यस्तै छ । उनले भने, ‘घर नजिक विद्यालय छैन । यसरी हिँड्नुको विकल्प छैन ।’ विद्यालयबाट सबैभन्दा टाढाको दूरीमा रहेको ठाउँ हो लाम्दि । यहाँका विद्यार्थी दैनिक यसरी नै हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । यसबाहेक भोटेश्वाराका विद्यार्थीले पनि दैनिक विद्यालय जान मात्रै डेढ घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

    विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भौगोलिक दूरीका कारण विद्यार्थीलाई आउजाउमा समस्या हुँदै आएको बताए । ‘गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीको सुविधाका लागि दुई वटा जीपको व्यवस्था गरेसँगै अब विद्यार्थीलाई आउजाउमा सास्ती हुदैन्’, उनले भने ।

    प्रधानाध्यापक गुरुङका अनुसार हाल विद्यालयमा एक सय २४ विद्यार्थी अध्ययनरत रहेकामध्ये ८० प्रतिशतलाई दैनिक विद्यालयमा आउजाउमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । उनले अब विद्यार्थीलाई विद्यालय आउजाउमा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

    विद्यालयलाई बस खरिद गरेर दिने योजना बनाएको गाउँपालिकाले तत्कालका लागि मङ्गलबारदेखि दुई वटा जीप सञ्चालनमा ल्याएको जनाएको छ । योसँगै भौगोलिक दूरी टाढा भएका विद्यार्थीले अब पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

    जीप सञ्चालनमा आएपछि कक्षा १० मा अध्ययनरत मुना गुरुङले जीप चढेर विद्यालय पुग्न २० २५ मिनेट लाग्ने बताइन । उनले भनिन्, ‘अब एकदम सजिलो हुने भयो । हिँड्दा खर्च हुने समयमा अब पढाइमा लगाउन सकिन्छ ।’

    विद्यालयमा आवतजावतका लागि गर्नुपर्ने कष्टकर यात्रामा पूर्णविराम लागेको विद्यालयका प्रधानाध्यापक गुरुङले बताए । उनले भने, ‘पन्ध्र वर्ष अगाडि म पनि यही विद्यालयमा पढ्दा दैनिक घण्टौँ हिँडेर आउँथे । गाउँपालिकाले जीप उपलब्ध गराएपछि कष्टकर यात्रा अब अन्त्य भएको छ ।’

    प्रधानाध्यापक गुरुङका अनुसार दुई वटा जीपले दैनिक दुई पटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ । वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जीप सञ्चालन गरिएको छ । वडा नं ५ मा चल्ने जीपले बाटोमा पर्ने ६ नं वडाका विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको उनले जानकारी दिए । उनका अनुसार दुवै वडाका करिब ८० विद्यार्थीले यो सुविधा पाएका छन् ।

    ‘वडा नं ५ र ६ को सिमानामा पर्ने खार डाँडामा रहेको जोखिमपूर्ण भिरको बाटो हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ’, प्रधानाध्यापक गुरुङले भने, ‘उक्त ठाउँमा दुई वर्ष अगाडि ग्याबिन जाली भरेर सुरक्षित बनाइएको छ । वर्षाको समयमा बाटो बिग्रिने, पहिरो जानेलगायत समस्याका कारण विद्यार्थीले दुःख पाएका थिए ।’

    विद्यालय सुधार अभियानअन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार बस खरिद प्रक्रिया अगाडि बढिसकेको र बस नआइन्जेल कन्यादेवीलाई जीप उपलब्ध गराइएको हो ।

    अध्यक्ष चुमानले भने, ‘कतिपय विद्यार्थीलाई विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो । त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ । यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन् ।’ उनका अनुसार आँबुखैरेनी गाउँपालिकाको छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ‘गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत अगाडि बढाएको छ’, उनले भने ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.