Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चुनावको मुखैमा कर घटाउने तयारीमा गण्डकी प्रदेश सरकार

    चुनावको मुखैमा कर घटाउने तयारीमा गण्डकी प्रदेश सरकार

    By सूचनापाना६ आश्विन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पोखरा । चुनावको सम्मुखमा गण्डकी सरकारले करको दर हेरफेरको तयारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० मा ल्याएको बजेटमा सवारीदेखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको थियो ।

    SuchanaPana.com

    त्यसको चौतर्फी आलोचना भएपछि तत्कालै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयले सवारीको जरिबाना हेरफेर गरेको थियो । तर, सवारीको नवीकरण शुल्क घटेको छैन । सम्पत्ति करअन्तर्गत पर्ने घरजग्गा रजिष्ट्रेसनलगायत करहरू अहिले पनि कार्यान्वयनमा आएका छन् ।

    नागरिकहरूको चौतर्फी विरोध र आलोचना भए पनि सरकारले तत्काल त्यसलाई पुनरवलोकन गरेन । घरजग्गामा गत वर्षको तुलनामा ३२८ प्रतिशतसम्मले करवृद्धि भएको छ । सवारीमा बढेको २०० प्रतिशत जरिबाना भने विभागीय मन्त्रालयले बाधा अड्काउ फुकाउको प्रयोग गरेर सच्याएको थियो ।

    नागरिकस्तरबाटै चर्को विरोध भएपछि मुख्यमन्त्री कार्यालयले सचिव रामप्रसाद आचार्यको संयोजकत्वमा करका दरहरूबारे अध्ययन र संशोधनका लागि समिति बनाएको थियो । उक्त समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्री रामजीप्रसाद बराललाई बुझाइसकेको छ ।

    अर्थमन्त्रालयबाट नै प्रस्ताव ल्याउने र त्यसलाई मन्त्रिपरिषदले स्विकृत गरी करको दर घटाउने तयारी सरकारको छ । तर, अर्थमन्त्रालयले उक्त प्रतिवेदनउपर आफ्नो कुनै राय दिइसकेको छैन । एकाध विषयबाहेक कार्यान्वयनमा गइसकेको ऐनलाई संशोधन गर्ने पक्षमा मन्त्री बराल पनि छैनन् ।

    बुधबार साँझ मन्त्री बराल र मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबिच यसै सन्दर्भलाई लिएर भेट भएको छ । मुख्यमन्त्रीले चाँडोभन्दा चाँडो यो विषयलाई मन्त्रिपरिषदमा ल्याउन चाहन्छन् ।

    तर, बजेटका समयमा देखिएको अर्थमन्त्री र मुख्यमन्त्रीको टकराव यो विषयमा पनि देखिनसक्ने संकेत स्वयं अर्थमन्त्रीले दिइसकेका छन् । दुई महिनादेखि कार्यान्वयनमा गइसकेको ऐनलाई अहिले आएर सच्याउँदा यसअघि कर तिरिसकेका नागरिकलाई अन्याय हुने र अहिले आएर संशोधन गर्दा नैतिक समस्या देखिने अर्थका अधिकारीको भनाइ छ ।

    “नैतिक रुपमा ऐन कार्यान्वयन भएको दुई महिनाभन्दा बढी भइसकेको छ । कार्यालयहरूले त्यसरी नै कर संकलन गरिरहेका छन् । नागरिकहरूले पनि तिर्नुभएको छ । अहिले आएर सच्याउन नमिल्ने नै त होइन । तर, नैतिक समस्या भने छ,” ती अधिकारीले भने ।

    आर्थिक ऐनमार्फत सरकारले सम्पत्ति करमा सहिद परिवारलाई छुट दिए पनि नागरिकको हकमा करको दर बढाएको छ ।

    घरजग्गालगायतको रजिष्टे«सन शुल्क, सेवा शुल्क, घरजग्गा शुल्क, नामसारी, अंशबण्डालगायत शीर्षकमा ५० देखि ३२८ प्रतिशतसम्म कर बढेका छन् ।

    सवारीको हकमा पनि २०० प्रतिशतसम्म जरिबाना लिइएको थियो । उक्त जरिबाना सच्याए पनि सवारीको वार्षिक कर १० हजारसम्मले बढेको छ ।

    यसबारेमा समितिले प्रतिवेदनमा अंक नै तोकेर घटाउनु पर्ने भन्दै सिफारिस गरेको छ । तर, घटाएर कति गर्ने भन्ने उल्लेख गरिएको छैन ।

    “समितिको प्रतिवेदन आएको छ । समितिले घटाउनुपर्ने भन्ने खालको राय प्रतिवेदनमा उल्लेख छ । तर, कुन शीर्षकमा कति घटाउने भन्ने छैन । अघिल्लो वर्षको र यो वर्षको करको दर बढी रहेको हुँदा घटाउनुपर्ने भन्ने छ,” ती अधिकारीले भने ।

    सवारी कर १० हजारसम्मले बढ्यो भन्ने आएको छ । तर, त्यो सानो सीसी क्षमताका सवारीमा होइन । हेभी इक्विपमेन्टमा बढेको हो । बाइकमा ३०० रुपैयाँसम्मले बढेको हो । अर्कातर्फ, कार्यान्वयनमा गइसकेका कारण पनि घटाउने विषयमा अर्थ मन्त्रालयले कुनै निर्णय गर्न सकेको छैन ।

    विद्यार्थीलाई दिने सहुलियत मन्त्रिपरिषदले घटाउनसक्ने विषयमा अर्थमन्त्री बराल कन्भिन्स छन् । अरु विषय अन्योलमा नै छन् ।

    “धेरै करहरू कार्यान्वयनमा गइसकेका छन् । विद्यार्थीको सहुलियत भन्नेमा अर्थमन्त्री कन्भिन्स हुनुहुन्छ । त्यो ६० प्रतिशत थियो, हामीले ३३ प्रतिशत बनाएका थियौँ । छुट भएको हुँदा सरकारले दिनसक्ने भन्ने छ,” उनी भन्छन्, “अन्यको हकमा के गर्ने भन्ने स्पष्ट छैन । सरकारले सच्याउन त सक्छ । करको दर हेरफेर गर्न सक्ने भन्नेछ ।”

    सम्पत्ति करको हकमा मालपोतका कर्मचारीसँग कुराकानी हुँदा जनताले कर बढ्यो भनेर भन्न नआएको उनको भनाइ छ ।

    “मालपोत कार्यालयका कर्मचारीहरुसँग छलफल गर्दा पनि नागरिक यसमा बढ्यो भनेर आउनुभएको छैन,” उनले भने ।

    गत चैतमा पोखरामा सातै प्रदेशका यातायातमन्त्रीहरू भेला भएका थिए । उक्त भेलाले सातै प्रदेशमा करको दर समान गर्ने निर्णय गर्यो । उक्त निर्णय आर्थिक ऐनमा समावेश भयो ।

    तर, चुनावी वर्ष भएका कारण अन्य ६ प्रदेशले सवारी कर बढाएनन् । जे थियो त्यही राखे । गण्डकीले उक्त कर कार्यान्वयन गर्दा अन्य प्रदेशको तुलनामा बढी देखियो । यो विषयलाई पनि समितिले प्रतिवेदनमा सच्याउनुपर्ने भनेर उल्लेख गरेको छ ।

    समितिको प्रतिवेदनका आधारमा अर्थमन्त्रालयले निर्णय गरोस् र प्रस्ताव मन्त्रिपरिषदमा आओस भन्ने मुख्यमन्त्रिको चाहना छ । तर, अर्थ यो विषयमा निर्णयमा पुग्न सकेको छैन ।

    सरकारले अर्थमन्त्रालयबाटै यो प्रस्ताव आओस भन्ने चाहेको छ । तर, अर्थमन्त्रालयले यसबारेमा केही निर्णय भने नगरेको ती कर्मचारीले बताए ।

    सरकारले यो वर्षदेखि सवारी वर्गीकरणलाई ४ देखि ६ मा पुर्याएर १० हजारसम्म करको दर बढाएको छ ।

    १२५ सीसीसम्मको मोटरसाइकल चढ्नेले साउनदेखि ४ सय रूपैयाँ बढी तिनुपर्ने छ । यो आर्थिक वर्षसम्म २६ सय रूपैयाँ सवारी कर तिर्दा पुग्थ्यो भने अब ३ हजार रूपैयाँ तिर्नुपर्नेछ ।

    यसअघि १२६ देखि २५० सीसीसम्मका स्कुटर–मोटरसाइकलले वार्षिक ४५ सय रूपैयाँ कर तिर्नुपथ्र्याे । आगामी आर्थिक वर्षदेखि सरकारले त्यसमा वर्ग थप गरेर कर उठाउने भएको छ ।

    १२५ भन्दामाथि १५० सीसीसम्मका मोटरसाइकमा ५ हजार, १५० भन्दामाथि २२५ सीसीसम्मकोमा ६ हजार ५ सय, २२५ भन्दामाथि ४०० सीसीसम्मकोमा ११ हजार, ४०० सीसीभन्दा माथि ६५० सीसीसम्मको २० हजार र ६५० सीसीभन्दा माथिका सबैमा ३० हजार कर लाग्ने भएको छ ।

    मोटरसाइकलपछि सबैभन्दा बढी चल्ने चार पांग्रे सवारी कार, जिपमा २ हजारदेखि १० हजार रूपैयाँसम्म कर बढेको छ ।

    निजी कार, जिप, भ्यान, माइक्रो बसलाई चालु आर्थिक वर्षमा ६ वर्गमा कर लगाइएको छ । आगामी आर्थिक वर्षदेखि यी सवारीलाई सीसीअनुसार ७ वर्गमा विभाजन गरिएको छ । यसअघि २५०१ देखि २९ सय सीसीका गाडीमा ४० हजार रूपैयाँ वार्षिक कर लाग्थ्यो । आगामी आर्थिक वर्षदेखि २५०१ देखि ३००० सीसीसम्मको गाडीमा ५० हजार रूपैयाँ कर लाग्नेछ ।

    सम्पत्ति करमा अंशबण्डा गर्दा ३२८ प्रतिशतसम्म कर बढेको छ ।

    आर्थिक ऐन, २०७९ अनुसार तीन पुस्ताभन्दा बाहिरको घरजग्गा नामसारी गर्दा महानगरपालिकामा १५ हजार, नगरपालिकामा १० र गाउँपालिकामा ५ हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्छ । अघिल्लो वर्ष यो शुल्क महानगरमा तीन हजार ५००, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार ५०० रुपैयाँ मात्र थियो ।

    तीनपुस्ता भित्रको नामसारी गर्दा अघिल्लो वर्ष महानगरमा एक हजार ५०० रुपैयाँ तिरे पुग्नेमा अहिले पाँच हजार रुपैयाँ तिर्नुपर्छ । नगरपालिकामा एक हजारको सट्टा तीन हजार, गाउँपालिकामा ५०० तिर्नुपर्ने ठाउँमा यो वर्षदेखि एक हजार ५०० तिर्नुपर्ने हुन्छ ।

    हाल साबिक दस्तुर पनि महानगरमा चार सयबाट एक हजार पुगेको छ भने नगरपालिकामा दुई सयबाट ५०० र गाउँपालिमा एक सयबाट २०० पुगेको छ । संशोधन शुल्क पनि दोब्बर बढाइएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.